नरोत्तम वैद्य विरुद्ध भक्तपुरमा प्रदर्शन



भक्तपुर, जेठ २९ गते, बागमतीको प्रदेशसभा बैठकमा काँग्रेस सांसद नरोत्तम वैद्यले महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र बनाएको अभिव्यक्ति व्यक्त गर्दै, गान्धीका ह’त्यारा नाथु राम गो डसे बन्न तयार छु, भनेर प्रदेश सभामा खुल्ला खुल्ला बोलेर आफ्नो अराजनीतिक र गैर जिम्मेवारी पन देखाएको विषयलाई लिएर भक्तपुर जिल्लाका अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरू दबाब सहितको शान्तिपूर्ण विरोध प्रदर्शनीमा उत्रिएका छन् ।

विद्यार्थीहरूले हातमा पोस्टरहरू बोक्दै राजनेता केपी अाेलीकाे सुरक्षाको लागि हामी बलिदान दिन तयार छौँ । गाँजा र मदिराको ताले शैलीमा अभिव्यक्ति दिने नरोत्तम वैद्य मुर्दावाद । प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिने सांसदलाई फौजदारी कानुन अनुसार कार्वाही माग । नरोत्तम वैद्य तिम्रो ठाउँ बागमती संसद भवन होइन, मानसिक अस्पताल हो ।

उत्तेजित संसद् नरोत्तम वैद्य, यौ’न उत्तेजना बढाउने भेग्रा खान बन्द गर । संयन्त्रको केन्द्र बुढानीलकण्ठ, त बन्दै छैन…?? नरोत्तम वैद्यको अभिव्यक्तिको अभिलाषा । प्रजातान्त्रिक धारमा विश्वास गर्ने तर वाणी चाहिँ ह’त्याराको जस्तो नरोत्तम वैद्य मुर्दावाद । भन्ने जस्ता पोस्टहरू बोकेर उभिएका थिए, भने विरोध प्रदर्शन कार्यक्रमको नेतृत्व अनेरास्ववियु केन्द्रीय कमिटीका सदस्य दीपेश विसुन्केले गरेका थिए भने कार्यक्रममा केन्द्रीय सदस्य नवीन शर्मा, नगर सचिव श्रीकृष्ण थापा लगायत विद्यार्थीहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्