रुसमा फेरि कोरोना संक्रमण बढ्न थाल्यो



मस्को । पछिल्ला केही दिमा रुसमा कोरोना भाइरसका संङ्क्रमितहरु बढ्न थालेका छन् । रुसमा शनिबारमात्रै १३ हजारभन्दा बढी कोरोना सङ्क्रमित फेला परेका बताइएको छ । रुसमा गएको २४ घन्टामा यति धेरै सङ्क्रमित भेटिएका हुन् ।

यससँगै रुसमा सङ्क्रमितको संख्या करिब ५२ लाख पुगेका बताइएको छ । रुसका अधिकारीहरुले चार महिनापछि यति धेरै सङ्क्रमित एकै दिन भेटिएका जनाएका छन् । रुसका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले यही जुन २ तारिखदेखि रुसमा कोरोना भाइरसका सङ्क्रमितहरु थपिदै गएका बताएका छन् ।

ती अधिकारीहरुले शनिबार मात्र यहाँ १३ हजार ५१० जना सङ्क्रमित थपिएका र ती सङ्क्रमितहरु गएको फेबु्रअरी महिनाको २ तारिखपछि अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि बताइएको छ ।

यहाँ गर्मीयामको शुरुवातमा मानिसहरु ठूलो संख्यमा जम्मा हुन थालेका र त्यसका कारण पछिल्लो समयमा कोरोनाका सङ्क्रमितहरु पनि बढ्न थालेका पाइएको अधिकारीहरुले जनाएका छन् ।

यहाँ कोरोना भाइरसका कारण १ लाख २६ हजार जना भन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा मात्र यहाँका कम्तीमा ३९९ जनाको ज्यान गएको पनि बताइएको छ ।

यहाँका अधिकारीहरुले रुसमा दोस्रो लहरको संक्रमण तीव्र रुपमा फैलिएको पनि बताएका छन् । रुसले कोरोना भाइरसको औषधी उत्पादन गरी अन्य देशहरुलाई बिक्रि गरिरहेको छ ।

आफ्ना नागरिकलाई नपुगेर त्यसरी कोरोनाको औषधी बेचेको भने होइन । अघिल्लो वर्ष चीनबाट फैलिएको कोरोना भाइरसभाइरसका बारेमा एकजना रुसी वैज्ञानिकले यो भाइरस अमेरिकाले उत्पादन गरेर परिक्षणका लागि चीन पठाएको आरोप लगाएका थिए ।

त्यसलगत्तै अमेरिकाले उनको आरोपको खण्डन गरेको थियो । कोरोना भाइरसले सबैभन्दा बढी अमेरिकामा क्षति गरेको छ । आफ्नो देशको वुहान प्रान्तमा कोरोना भाइरस फैलिए लगत्तै चीनले तत्काल सबै तरिकाहरु अपनाएर त्यसलाई नियन्त्रण गर्नुका साथै आफ्ना नागरिकलाई यसको खोप पनि दिएको थियो र सो कार्यक्रम हाल पनि चलिरहेको छ ।

केहीदिन अघि चीनले नेपाललाई पनि कोरोना भाइरसको खोप उपलब्ध गराएको छ । पश्चिमा देशभन्दा पूर्वीय देशहरु खासगरी चीन, उत्तर कोरिया, जापान लगायतका देशहरु कोरोना नियन्त्रणमा अगाडी देखिएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्