फागुन २ भित्र सबै प्रदेशमा सभामुख



सैघाली खबर,
काठमाडौँ, २२ माघ । माघ २ गतेभित्र सातै प्रदेशमा सभामुख निर्वाचित हुने भएका छन् । सभामुख चयन नहुँदासम्म अहिले सभाका ज्येष्ठ सदस्यले बैठक सञ्चालन गरिरहनुभएको छ । प्रदेश ४ बाहेक अन्य प्रदेशले सभामुख चयनको कार्यतालिका र समय तय गरेका छन् । प्रदेश ४ को पहिलो अधिवेशन सोमबार बस्दैछ । सोमबारको बैठकले सभामुखरउपसभामुख चयनको कार्यतालिका पारित गर्ने अनौपचारिक गृहकार्य भएको छ ।
सबैभन्दा पहिलो स्थायी सभामुख प्रदेश ३ ले पाउनेछ । प्रदेश ३ मा माघ २७ गते सभामुख चयन गर्ने मिति तोकिएको छ । प्रदेश १ को प्रदेशसभाले औपचारिक रूपमा सोमबार कार्यतलिका सार्वजनिक गर्ने गरी माघ २९ गतेका लागि सभामुख चयन गर्ने दलीय सहमति जुटाएको छ । प्रदेश २ मा फागुन २ मा सभाुमख चयन हुनेछ । तय कार्यतालिका अनुसार प्रदेश २ मा फागुन २ गते, ३ मा माघ २७ गते, प्रदेश ५ मा फाुगन २ गते, प्रदेश ६ र ७ मा माघ २९ गते सभामुख चयन हुनेछन् ।
सात प्रदेशका सभामुखमा प्रदेश २ बाहेक अन्य प्रदेशमा वाम गठबन्धनले बाँडफाँट गरेका छन् । प्रदेश २ मा सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच सभामुखको बाँडफाँट हुनेछ । वाम गठबन्धनबीच भएको सहमतिअनुसार प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले पाउनेछ । प्रदेश ४ र ५ मा सभामुख माओवादी केन्द्रले पाउनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्