काठमाडाैँ। नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यले शुक्रबार प्रदेशसभामा दिएको अभिव्यक्तिलाई लिएर उनीमाथि कारबाहीको माग गरिएको छ।
नेकपा एमालेका विभिन्न १५ वटा जनसंगठनले वैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री खगराज अधिकारीसमक्ष ज्ञापन पत्र बुझाएका हुन्। प्रदेश सांसद वैद्यले प्रधानमन्त्रीमाथि धावा बोलेकोले उनलाई फौजदारी कसुरमा मुद्दा चलाएर कारबाही गर्न ज्ञापन पत्रमा माग गरिएको छ।ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अधिकारीले व्यक्तिको ओहोदा नहेरी संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्ने आश्वासन दिएका छन्।
सांसद वैद्यले शनिबारको प्रदेश सभा बैठकमा आफ्नो अभिव्यक्ति फिर्ता लिँदै आत्मालोचना गरेका छन्। उनको अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना भएपछि वैद्यले पार्टीको निर्देशनमा आफ्नो अभिव्यक्ति फिर्ता लिएका हुन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।