अन्तर्राष्ट्रिय

अमेरिकाको टेक्सासमा भींडभाडयुक्त स्थानमा एकाबिहानै गोली चल्दा १३ जना घाइते

By Thaha - Online

June 13, 2021

अमेरिकाको टेक्सासको डाउन टाउन अष्टिनमा एकाबिहानै गोली चल्दा १३ जना घाइते भएका छन् । कैयन घाइतेहरूलाई प्रहरीकै गाडीमा अस्पताल लगिएको जनाइएको छ ।

गोली चलाउने व्यक्ति अहिलेसम्म पनि फरार रहेको जनाइएको छ । अधिकारीहरूले बन्दुकधारीको पहिचानका लागि भिडियोहरू सङ्कलन गर्नुका साथै अनुसन्धान तीव्र पारेका छन् । बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको पाइएको छ ।

APD Officers working shooting downtown. Multiple victims with injuries. Media staging location will be E 9th street and IH 35 SVRD South bound (Valero gas station). Please stay away from 6th street. Will update with briefing time.

— Austin Police Department (@Austin_Police) June 12, 2021

बिहान १ बजेर २५ मिनेटमा अष्टिन ट्राभिस काउन्टीको ईएमएस मेडिक्सले कदम चालेको थियो । त्यती बेला घटनास्थलमा सकृय बन्दुकधारी रहेको बताइएको थियो भने मेडिक्स टिमले ४ जनालाई एम्बुलेन्समा अस्पताल लगेको थियो ।

APD Seeking Information in Downtown Austin Shooting – https://t.co/i85vt3zXwS pic.twitter.com/MBzAX3S8ay

— Austin Police Department (@Austin_Police) June 12, 2021

प्रहरीले ६ जनालाई प्रहरीकै गाडीमा अस्पताल लगेको थियो तीन जनालाई निजी गाडीमा अस्पताल लगिएको थियो । घाइतेको प्रकृति हेरेर प्रहरीले नै आफ्नो गाडीमा अस्पताल लैजानुपरेको जनाएको छ । भींडभाडयुक्त स्थानमा गोली चलाइएकाले मेडिकल टिमलाई भींडभाड छिचोलेर बिरामी ओसार्न समेत मुस्किल परेको थियो ।