जेनेभामा पुटिन–बाइडेन भेट हुँदै, पत्रकार सम्मेलन भने नहुने



काठमाडौं । सोभियत रुस र अमेरिका आपसी प्रतिष्पर्धी मात्रै होइनन् । उनीहरु आपसी दुश्मन नै हुन् । व्यापारीक र प्रविधिका हिसावले उनीहरु प्रतिष्पर्धी हुन् भने इतिहासमा भने उनीहरु निकै लडाइँ गरेको इतिहास पनि छ ।

इतिहासमा र हाल पनि अमेरिका संसारका गरिव र साना देशमाथी थिचोमिचो र अत्यारचार गरेको छ भने रुस उसको त्यो अत्याचारलाई कमजोर पार्ने र साना तथा गरिव देशको हितमा काम गरेको पाइन्छ ।

त्यसकारण उनीहरुका बीचमा तयस्तै खालको व्यवहार हुँदै आएको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी समकक्षी भ्लादमिर पुटिनबीच यही साता भेटघाट हुँदैछ ।

जुन १६ मा स्वीट्जरल्यान्डको जेनेभामा भेट्न अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रूसी समकक्षी भ्लादमिर पुटिन सहमत भएका छन् । तिक्ततापूर्ण सम्बन्ध भएका यी दुई शक्ति राष्ट्रका प्रमुखहरूबीच बाइडेन अमेरिकी राष्ट्रपति भएपछि पहिलो पटक भेट हुन लागेको हो ।

एक दिनको भेटका क्रममा आपसी सम्बन्धमा स्थिरता ल्याउने र भरपर्दो बनाउने विषयमा छलफल हुने आशा गरिएको छ । सन् १९८५ मा सोभियत नेता मिखाइल गोर्वाचेभ र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनबीचको भेट पनि जेनेभामा नै भएको थियो ।

सोभियत युनियन ढलेपछिका ३० वर्षमा अमेरिका र रूसबीचको सम्बन्ध निकै तिक्ततापूर्ण बिन्दुमा पुगेका बेला बाइडेन र पुटिनबीच भेट हुन लागेको छ । यी दुई नेताहरूबीच व्यक्तिगत रूपमा पनि सम्बन्ध चिसो छ ।

केही समयअघि बाइडेनले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पुटिनलाई ‘हत्यारा’ भनेका थिए । जवाफमा पुटिनले पनि रूखो प्रतिक्रिया दिँदै नयाँ राष्ट्रपतिको स्वास्थ्य लाभको कामना गरेका थिए । पश्चिमाप्रति निकै आक्रामक भाषा प्रयोग गर्ने रूस बाइडेन–पुटिन वार्तामा भने आशावादी देखिएको छ ।

पुटिनलाई यस्तो उच्चस्तरीय भेटले विश्व मञ्चमा रूसले सम्मान बढाउन सघाउँछ भन्ने लाग्छ । बाइडेनसँगको भेटका क्रममा उनले रूसभित्र र पूर्वी युरोपमा आफ्नो हितलाई अमेरिकाले सम्मान गर्नुपर्ने कुरा राख्ने अनुमान गरिएको छ । रूसले पहिलादेखि नै वासिङ्टनले पुटिनको शासन र पूर्वी युरोपमा उसको प्रभावलाई कमजोर बनाउन खोजेको आरोप लगाउँदै आएको छ ।

ह्वाइट हाउसका अधिकारीहरूले बाइडेन–पुटिन भेटवार्ताले कुनै ब्रेकथ्रू हुने अपेक्षा गरेका छैनन् तर पुटिन र बाइडेनले जलवायु परिवर्तन, कोभिड–१९ महामारी विरूद्धको लडाइँमा सहकार्य गर्ने विषयमा कुरा गर्न सक्ने बताएका छन् ।

पुटिनसँगको भेटघाटपछि बाइडेनले उनीसँग संयुक्त पत्रकार सम्मेलन भने गर्ने छैनन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार भेटपछि बाइडेनले एक्लै पत्रकार सम्मेलन गर्ने तय भएको छ ।

भेटघाटमा भएका कुरालाई पारदर्शी रूपले सम्प्रेषण गर्न उनले एक्लै पत्रकार सम्मेलन गर्न लागेको ह्वाइटहाउसले जनाएको छ । सन् २०१८ मा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँग फिनल्यान्डको हेल्सिन्कीमा संयुक्त पत्रकार सम्मेलन गरेका थिए । राष्ट्रपति बाइडेन अहिले जी ७ मुलुको शिखर सम्मेलनमा सहभागी हुन बेलायतमा छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्