तुलसीपुरको नयाँ बसपार्कमा आधुनिक बसपार्कको शिलान्यास



tullll55555555555555

जेठ २९ दाङ

तुलसीपुरको नयाँ बसपार्कमा निर्माण हुने भनिएको आधुनिक बसपार्कको आज एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । ३४ करोडको लागतमा निर्माण हुने बसपार्कको तुलसीपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले शिलान्यास गर्नुभएको हो । पहिलो चरणको कार्यक्रममा साढे दश करोडको लगानीमा १६ कोठे टर्मिनल भवन , बगैचा , रेष्टुरेन्ट , ५० ओटा शपिङ स्टल , अपाङ्गमैत्री शौचालय , गाडीका चालकलाई आराम गर्ने कक्ष , पक्की सडक , सडक बत्ती सहितका संरचनाहरु निर्माण गरिने तुलसीपुर उपमहानगरपालिकाका इन्जीनियर पवन कुमार योगीले जानकारी दिनुभएको छ ।
शिलान्यास कार्यक्रममा बक्ताहरुले गुणस्तरीय भौतिक संरचनाको निर्माणमा जोड दिएको बताउदै लामो समयको अवरोधका बाबजुद निर्माण हुन लागेको संरचनाको सवैले निगरानी गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा तुलसीपुर नगरका संस्थापक प्रमुख शंकर आचार्य , पूर्व नगर प्रमुख ढुण्डिराज लामिछाने , नागरिक समाजका संयोजक टिकाराम रेग्मी , पत्रकार शरद रेग्मी लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेलको सहजीकरण रहेको कार्यक्रममा उपमहानगरपालिकाका वरिष्ठ वित्तिय अधिकृत ललित बहादुर घर्तीले योजनाको बारेमा प्रकाश पार्नुभएको थियो सो कार्यक्रममा अधिकृत केसीले निर्माणमा गुणस्तरीयता र समयमा सम्झौता नहुने भन्दै समयमै निर्माण गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभएको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्