कविता “कर्मठ नारी”



राज कुमार कार्की

कृषिमा छलाङ मार्छु भन्थिन पहिले यी नारी
गण्डकी प्रदेशमा मन्त्री नै भइन यसपालि।

यी हुन मन्त्री मधुमाया अधिकारी गुरुङ 
जनयुद्ध गर्न भनी यिनले खनिन सुरुङ।

कोही नारी कृषिमा क्रान्ति ल्याउन हलो जोत्ने 
कोही नारी शीतल निवासमा संविधान पोत्ने।

महिलाले जोत्नु हुन्न भन्थे कहिल्यै हलो
तर यिनलाई भने खै त राम्रै भयो त भलो!

कोही नारी भने जोत्ने आफ्नो खेत बारी 
कोही नारी भने फेर्छन् सधैँ कार्पेट र सारी।

कोही नारी भने बस्छन् सधैँ त्यो पर्दैन  हीही मात्रै गरेर
कोही नारी  लागिपरेका छन् देश बनाउँछु भनी मरेर।

लमजुङ जिल्ला बाट  समानुपातिक प्रदेश सांसद महिला
मन्त्री भएकी थिइनन् यिनी आज भन्दा पहिला।

जोत्छिन् है यिनले सधैँ माओवादकै हलो 
हेरौँ अब कत्तिको गर्न सक्छीन् देश र जनताको भलो।

मुख्य मन्त्री कृष्णचन्द्र पोख्रेल नेपालीले नियुक्ति गरे
कुन मन्त्रीमा नियुक्ति  होलिन्  हेरौँ  अब अझै भरे।

छ है नव नियुक्त मन्त्री सबैमा शुभकामना 
पुरा गर्न सफल हौंन जनताका मनकामना।

धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्