गण्डकी प्रदेशको पहिलो मन्त्रिपरिषद बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय



जेठ ३०, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद बैठक बसेको छ। आइतबार बिहान बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ । बैठकले पूर्व मुख्यमन्त्रीहरूलाई सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले सङ्घको सुविधा समेत हरेर पूर्वमुख्यमन्त्रीको सुविधा तोक्ने भएको छ।

गण्डकी प्रदेश सरकारको बजेट मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले नै प्रस्तुत गर्ने भएका छन्। जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र असार १ गते बजेट ल्याउने बाध्यता गण्डकी सरकारलाई छ ।

त्यसको पूर्वसन्ध्यामा सरकारको प्रवक्ताको जिम्मेवारी पाएका कुमार खड्काले भने, ‘उहाँसँग मुख्यमन्त्री (कृष्णचन्द्र नेपाली पोखरेलसँग) अहिले अर्थ मन्त्रालय पनि छ । बजेट नीति तथा कार्यक्रम पनि उहाँले नै वाचन गर्नुहुन्छ । गण्डकी प्रदेशमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली शनिवार मुख्यमन्त्री नियुक्त भएका थिए। उनको मन्त्रिपरिषदमा चार जना मन्त्री छन् ।

गठबन्धनमा जिम्मेवारी बाँडफाँडमा सहमति नजुटेका कारण चारै जना मन्त्री अहिले विना विभागीय छन् । असार १ गतेको बजेट वक्तव्यसमेत मुख्यमन्त्रीले नै संसदमा प्रस्तुत गर्ने योजना रहेको खड्काले बताए । नेपाली नेतृत्वको सरकारलाई माओवादी केन्द्र, जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्