यी हुन् विश्वभर सबैभन्दा धेरै पुस्तक लेख्ने मानिस : कति किताब लेखे ?



एजेन्सी । संसारमा सबभन्दा धेरै किताब लेखेर ब्राजिली लेखक र्‍योकी इनुएले कीर्तिमान बनाएका छन्। गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम दर्ज गराएका इनुएले अहिलेसम्म १ हजार ७५ वटा पुस्तक लेखिसकेका छन्। उनले आफ्नै नाममा अनि ३९ वटा छद्मनाममा पुस्तकहरू प्रकाशन गरेका हुन्।

पोर्चुगाली भाषामा कलम चलाउने इनुएको आफ्नै वेबसाइट समेत रहेको छ। एउटा किताब नसकुन्जेल उनी दिनरात नभनी लेख्ने गर्छन्। सेक्वेसरियो फास्ट फूड नामक पुस्तक उनले जम्मा एक रातमा लेखेर सकेका हुन्।

उनको यस प्रचुर रचनाशक्तिका बारेमा उनी बताउँछन्, ‘पुस्तक रचना गर्नु भनेको ९८ प्रतिशत मेहनत, १ प्रतिशत प्रतिभा र १ प्रतिशत भाग्य हो। आफूलाई अनुशासित गर्नु पनि अत्यन्त आवश्यक छ। म एउटा पुस्तक लेख्न कम्प्युटरमा बसेपछि नसिध्याइकन प्रायः उठ्दिनँ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्