लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित



जेठ ३०, काठमाडौँ । लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण ल्याउने बाटो खुला भएको छ ।

विपक्षी दलहरूले लुम्बिनी प्रदेश सरकार अल्पमतमा रहेको भन्दै आएका भए पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएसँगै तत्कालका लागि त्यो विवाद अन्त्य भएको छ । प्रदेश सरकारहरूले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ ।

नीति तथा कार्यक्रम निर्माणार्थ बैठकमा पेस गर्नुअघि मुख्यमन्त्री शङ्कर पोखरेलले छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्