रुपन्देही,दाङ र बाँके गरी ३ शहरलाई महानगरको रुपमा विकास गरिने



सैघाली खबर,
बाँके, २२ माघ ।नेकपा एमाले प्रदेश नम्बर ५ संसदीय दलका नेता शंकर पोख्रेलले जुन स्थानमा प्रदेशको राजधानी हुन्छ, त्यहीँ मात्रै आर्थिक समृद्ध हुन्छ भनेर सोच्न नहुने बताउनुभएको छ ।

प्रदेशको राजधानी प्रशासनिक सुगमताका लागि हो , प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसको अवसरमा सोमबार प्रेस चौतारी बाँकेले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा प्रदेश नम्बर ५ का भावी मुख्यमन्त्रीका रुपमा हेरिएका नेता पोख्रेलले भन्नुभयो,– राजधानी मात्रै होइन, प्रदेश र देश नै समृद्ध बनाउने हो ।

पोख्रेलले समृद्ध प्रदेशका लागि प्रदेश नम्बर ५ मा रुपन्देही, दाङ र बाँके गरी ३ शहरलाई महानगरको रुपमा विकास गरिने योजना सार्वजनिक गर्नुभयो । महानगर बनाएपछि वस्तु तथा सेवाको उत्पादनसँग जोडिने उहाँको भनाई छ ।

पोख्रेलले नेपालगन्ज प्रदेश नम्बर ५,६ र ७ को केन्द्रको रुपमा रहेको बताउँदै ३ वटा प्रदेशलाई लक्षित गरी वस्तु तथा सेवाको उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो । नेपालगन्ज भविष्यमा औद्योगिक महानगर बन्ने उहाँले बताउनुभयो ।

पोख्रेलले भारतको गुजरात मोडल जस्तो हार्दिक पटेल जस्ता विद्रोही जन्माउने नभई दीगो र सन्तुलित विकासमा जोड दिइने बताउनुभयो । आर्थिक समृद्धिमा जोड दिदै पोख्रेलले विकासलाई जनताको सुख र खुशसिँग जोड्नुपर्ने बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्