गण्डकी प्रदेश सरकार ढल्नुमा प्रधानमन्त्री जिम्मेवार : पृथ्वीसुब्बा गुरुङ



गण्डकी । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी सरकार ढल्नुमा प्रधानमन्त्री केपी ओली समेत जिम्मेवार रहेको आरोप लगाएका छन्। आइतबार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएका हुन्।

उनले प्रधानमन्त्री ओलीको पनि केही गल्ती भएको तर राजनीतिक दलले आफूलाई करेक्सन गर्नुपर्ने बेला आएको बताए। उनले आफू कसैको दबाबमा निष्ठा त्याग्ने मानिस नभएको बताए। साथै उनले नयाँ सरकार लामो समय नटिक्ने दाबी गरे।

गुरुङले अहिले बनेको गठबन्धन सरकार पूर्व र पश्चिमबाट मिलेर बनेकाले त्यसको आयु लामो नभएको बताए। उनले शनिवार गठबन्धनका सांसदले गरेको क्रियाकलापप्रति असन्तुष्टि समेत जनाए।

उनले भने, राजनीतिक नेताको कुण्ठाको कारण एमाले सरकार विस्थापित बनाइयो। लोकतन्त्र विधिको शासन हो। कोरोनाको महामारीमा सत्ता परिवर्तन र केन्द्रीय राजनीति प्रदेशमा केन्द्रित हुनु गलत हो ।

बदलाको भावमा नै सरकार परिवर्तन भएको बताउँदै उनले सङ्कटको बेलामा नै पार्टी बलियो बनाउन सकिने बताए। मुख्यमन्त्री भएपछि केन्द्रमा महत्त्वपूर्ण काममा बाहेक अघिपछि नगएको बताउँदै उनले अब पार्टीलाई सङ्कटबाट जोगाउनको लागि समय आएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्