प्रहरीद्वारा १७ सय २० लिटर अवैध मदिरा नष्ट



जेठ ३०, बझाङ । उत्तमकुमार थापा, जिल्ला प्रहरी कार्यालय बझाङद्वारा अवैध मदिरा नष्ट गरिएको छ । 

केही समय अगाडि जय पृथ्वी नगरपालिका वडा नम्बर १० चैनपुर बजारमा रहेका विभिन्न हाेटलहरुमा छापा हान्दै बरामद गरेको १७ सय २० लिटर मदिरा आज जिल्ला प्रहरी कार्यालय बझाङको कार्यालय परिसरमा रहेको एक खाल्डोमा गाडिएको ईन्सपेक्टर कमल प्रसाद चौधरिले बताए । 

उनले भने अहिले कोभिड १९ बाट आफू पनि बचाै अरूलाई पनि बचाउ भन्दै केही टिनका टहरामा भिडभाड हुने गरेको थाहा पाएपछि प्रहरीले छापा हान्दै ठुलो परिणाममा बरामद गरेको ईन्सपेक्टर चौधरिको भनाइ छ ।

पछिल्लो समयमा यसरी जाड रक्सीले विभिन्न घटना हुने गरेको हुँदा नियन्त्रण गरेको बताउँदै उनले भने बाहिरी बाट आउने रक्सी किन नियन्त्रण हुन सक्दैन भन्नेमा धेरैको चासो हुन सक्छ । जवाफ सँगै बाहिरी बाट आएको रक्सीको लाइसेन्स हुन्छ तर त्यसबाट घटना घटेमा समात्न सकिन्छ यो चाहिँ अवैध प्रक्रियाबाट बनेको जाड हो । यसरी  नराम्रो कामलाई अगाडि बढाउनु भन्दा त राम्रो व्यावसायिक बन्नु उचित हुने उहाँको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्