उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने निर्णय



काठमाडौँ । उपत्यकामा जारी निषेधाज्ञा थप एक साता थप गर्ने निर्णय भएको छ । काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।​।  तर, निषेधाज्ञा विगतमा भन्दा खुकुलो बनाइएको छ ।

असार ७ गतेसम्म खुकुलो गरी निषेधाज्ञा थप्दा किराना पसल, हार्डवेयर पसललगायतको खोल्ने समय लम्ब्याइएको छ । खाद्यान्न पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय भएको छ । स्टेशनरी पनि खोल्न दिइने भएको छ ।

यसअघि बिहान मात्र खोल्न छूट दिइएकोमा हार्डवेयर अपरान्ह ४ बजेबाट खोल्न दिइने भएको छ । १६ वैशाखबाट जारी गरिएको निषेधाज्ञा जेठको मसान्तसम्म गरी डेढ महिना लगाइसकिएको छ । यसले जनजीवन निकै प्रभावित भएको छ । अब ७ असारसम्म निषेधाज्ञा जारी गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्