थप २४०७ जना नयाँ संक्रमित थपिए, ४६ को मृत्यु



पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४०६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौँ उपत्यकामा ६५३ जना सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार ७ हजार ५ सय १७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १६ सय ९४ जना र ४ हजार ८ सय ८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ३९९४ जना सङ्क्रमणमुक्त भएका छन् भने ४६ जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६८ हजार ९५५ रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्