गायक सन्न कुमारको अश्लील गीतबारे समाचार लेखेको सप्तरीका पत्रकार नवीन यादवलाई गाली गलौज सहित धम्की



लहान जेठ ३० गते।अश्लील र दोहोरो अर्थको गीत बजारमा ल्याएर चर्चामा आएका सप्तरीका गायक सन्न कुमारको बारेमा समाचार लेखेको भन्दै गाली गलौज सहित पत्रकारलाई धम्की पनि दिइएको छ । सप्तरीका पत्रकार नवीन यादवलाई सन्न कुमारको बारेमा समाचार लेखेको भन्दै गाली गलौज सहित धाक धम्की समेत दिएको हो ।

सन्न कुमारले अश्लील गीत, दोहोरो अर्थ लाग्ने शब्द सहित गीत सहित भिडियोमा समेत अश्लीलता प्रदर्शन गरेको भन्दै पत्रकार यादवले समाचार लेखेका थिए । उनलाई सामाजिक सञ्जाल सहित फोन, व्हटसएप मार्फत गाली गलौज र धम्की दिएको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दर्ता गराएको छ ।

पत्रकार यादवले आइतबार साईबर क्राईम अन्तर्गत गालीगलौज र धम्की दिने तथा फेसबुक ह्याक गरी अन्य व्यक्तिहरूलाई मेसेज गरेको आरोप सहित निवेदन दर्ता गराएका हुन् । पत्रकार यादवलाई आफू सन्न कुमारको समर्थक भन्दै मोबाइल नम्बर ९८१८८४७७७३ र ९८११७०५१११ बाट निरन्तर गाली गलौज सहित धाक धम्की दिएको आरोप छ ।

जानकारी अनुसार, पहिलो नम्बर धमेन्द्र करुवा नामक व्यक्तिको नाममा रहेको छ भने अर्का घनश्याम यादव नामक व्यक्तिको नाममा रहेको छ । निवेदन मार्फत पत्रकार यादवले गायक सन्न कुमार खँग र धाक धम्की दिने व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् । पत्रकार यादवका अनुसार, उनलाई सन्न कुमारले नै धम्की दिन लगाएको हो ।

गायक सन्न कुमार सुरुमा सान्दर्भिक गीत गाए पनि पछि भोजपुरी भाषाकै गीतहरू जस्तै अश्लील र दोहोरो अर्थको गीतहरू गाउन थालेपछि आलोचना भएको हो । मधेसी समुदायमा नकारात्मक प्रभाव पार्ने खालका गीतहरू गाउन थालेपछि यसले पार्ने असरको बारेमा समाचार आएको थियो । छिमेकी मुलुक भारतको विहार राज्यस्थित चर्चित गायक खेसारीलाल यादवले सधैँ अश्लील गीत गाउँदा उनको छोरी र बहिनीलाई लगाएर पनि केही गायकहरू गीत गाएपछि आफूले गल्ती गरेको महसुस गरेका छन् ।

सन्न कुमारको गीत सुन्ने श्रोता अधिक भए पनि उनको गीतलाई भने नकारात्मक रूपमै लिन गरेका छन् । विगत केही महिनादेखि घमन्डले चुर भएका सन्न कुमार हिन्दी भाषाको गीतहरूबाट म्युजिक चोरी गरी मात्र गीत बनाउँदै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्