फुटबलर क्रिस्टियन एरिक्सनलाई हृदयाघात भएको थियो : चिकित्सक



एजेन्सी।  डेनमार्कका फुटबलर क्रिस्टियन एरिक्सनलाई हृदयाघात भएको राष्ट्रिय टोलीका चिकित्सकले मर्टेन बोएसेनले बताएका छन्। युरोपअन्तर्गत शनिवार भएको फिनल्यान्डविरुद्धको खेलको पहिलो हाफ सकिन लाग्दा एरिक्सन लर बरिँदै मैदानमा ढलेका थिए।

मैदानमै अक्सिजनसहितको उपचारपछि उनलाई अस्पताल लगिएको थियो जहाँ उनको होस् खुलेको थियो। बोएसेनले चिकित्सक समयमै मैदानमा पुगेकाले एरिक्सन मृत्युको मुखमा पुगेर बाँचेको बताएका छन्। २९ वर्षीय एरिक्सनलाई मैदानमै १३ मिनेट उपचार गरिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्