टप फिचर

मानव अधिकार समूह बुटवल र उपभोक्ता हित संरक्षण मञ्च द्वारा स्वास्थ्य केन्द्रहरूमा अनुगमन

By Thaha - Online

June 13, 2021

बुटवल / मानव अधिकार समूह बुटवल र उपभोक्ता हित संरक्षण मञ्च बुटबलले बुटवलका विभिन्न स्वास्थ्य केन्द्रहरूमा अनुगमन गरेको छ । समूहले बुटवल उपमहानगरपालिकाका मोतीपुर स्वास्थ्य चौकी, सेमलार स्वास्थ्य चौकी लगायतका विभिन्न स्वास्थ्य चौकिहरुको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा बुटवल भित्र बितरण गदै आएको कोभिड खोप व्याबस्थित रुपमा बितरण गरिएको छ वा छैन जेष्ठ नागरिकले पाउन पर्ने खोप पाए नपाएको जानकारी लिन अनुगमन गरिएको उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जीसीले बताउनुभयो । नगरपालिकाले बितरण गदै आएको खोप व्यवस्थित रुपमा बितरण भएपनि खोप अपुग हुंदा धेरै नागरिक खोपबाट बन्चित भएकाले तत्काल व्यवस्थापन गर्न अनुगमन टोलिले माग गरेको छ ।

मानव अधिकार समुह बुटबलकी अध्यक्ष कामला भण्डारी ज्ञावालीले मोतीपुर सेमलार क्षेत्रका स्थानीमा खोप लगाउनु पर्छ भन्ने जानकार नभएकाले धेरै जेष्ठ नागरिकहरु खोप लगाउनबाट बन्चित भएको अनुगमनको क्रममा पाइएको बताउनुभयो । उभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जीसी, समुहका अध्यक्ष कमला भणडरी ज्ञावाली, उभोक्ता हित संरक्षण मञ्चका सहसचिव पुष्पा शर्मा न्यौपाने,सदस्य मोहनलाल पाण्डे इन्सेक रुपन्दही सहजकर्ता विष्णु घिमिरे लगायतको टोलीले अनुगमन गरेको थियो ।