गुरुकुलमा पढ्न आउनेलाई ल्यापटप उपहार दिइने



घोराही, ३० जेठ । घोराही–१५ स्थित गुरुकुल एकडेमीले चालू शैक्षिक वर्षदेखि जोड दुई कक्षा सञ्चालन गर्ने भएको छ । गुणस्तरीय शिक्षालाई जोड दिँदै आएको गुरुकुल एकडेमीले प्रविधिमा आधारित भई विज्ञान र व्यवस्थापन संकायमा जोड दुई कक्षाहरु सञ्चालन गर्ने भएको हो ।

विद्यालयले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रविधिमा आधारित भएर शिक्षण सिकाइमा जोड दिने भन्दै भर्ना हुन आउने प्रत्येक विद्यार्थीलाई निःशुल्क ल्यापटप उपहार दिने जानकारी दिएको हो ।

गुरुकुल प्लस टु (जोड दुई) का संयोजक निमानन्द गैरेका अनुसार विद्यालयमा स्र्माट कक्षाको अवधारणा लिइएको जानकारी दिए । । प्रत्येक कक्षाहरुमा स्मार्ट बोर्ड हुनेछन् जहाँ विद्यार्थीलाई पाठ्यपुस्तकबाट मात्र प्रविधिमा आधारीत रहेर शिक्षण सिकाई गरिनेछ ।

प्लस टु कक्षाहरुका लागि विद्यालयमा लाइब्रेरी र ई–लाइब्रेरी र अन्तराष्ट्रिय स्तरको प्रयोगशालाको व्यवस्था गरिएको व्यस्थापन संकायका संयोजक कृष्णदेव थापाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा एइइमा चार जिपिए ल्याउने विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने जनाइएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले चार जिपिए ल्याउने विद्यार्थीले निशुल्क अध्यन गर्ने अवसर पाउनेछन् ।

प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले गुरुकुल एकेडेमीले जिल्लाको शिक्षा क्षेत्रमा नविनतम प्रयोग गरेको भन्दै आगामीदिनमा पनि विद्यार्थीका प्रतिभालाई उजार गर्ने खालका शिक्षा प्रदान गर्न सुझाव दिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका नवनिर्वाचित पदाधिकारी दुर्गालाल केसी, सन्तोष सुवेदी र प्रेस काउन्सिलका सदस्य अधिकारीलाई स्वागत एवम सम्मान गरिएको थियो ।

विद्यालयका प्लस टु संयोजक निमान्द गैरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्लस टुका विज्ञान संकायका संयोजक अजय शाहले गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष केसी, नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक लक्ष्मी आचार्य, विद्यायलका निर्देशक योगेशकुमार गोइत, विद्यालयका कार्यकारी प्राचार्य मुकुन्द गिरी लगायते मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममको सहजीकरण विद्यालयका शिक्षक विवेक देवकोटाले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्