अमेरिकामा मारिएका नेपाली युवा घिमिरेको आज अन्त्येष्टि



मेरिल्याण्ड भएको गोली काण्डमा ज्यान गुमाउने नेपाली युवा सागर घिमिरेको आज अन्त्येष्टि गरिने भएको छ । परिवारसङको सहमतिपछि आज दाहसंस्कार गर्न लागिएको मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले जानकारी दिनुभयो ।

आज दिउसो १ बजे बाल्टिमोरको काजोरोस्की फ्युनेरलमा अन्तिम श्रद्धाञ्जली र अन्तेष्टी कार्यक्रम राखिएको छ । अन्तेष्टी गर्ने स्थानमा एक सय जना व्यक्ति मात्र सहभागी हुन सक्ने हुनाले सहभागी हुन चाहनेहरूले अग्रिम जानकारी दिन अनुरोध गरिएको छ ।

२४ वर्षका स्वर्गीय घिमिरे वाउन्टीमोर काउन्टीमा रहेको वुडल्यानमा वस्दै आएका थिए । मानसिक स्वास्थ्यमा समस्या भएको व्यक्तिले चलाएको गोलीबाट घिमिरेको मृत्यु भएको थियो । उनी पूर्ण छात्रबृत्तिमा अमेरिकामा अध्ययनका लागि आएका थिए ।

सङ्खुवासभा स्थायी घर भएका २४ वर्षका घिमिरे गत अप्रिलमा साउथ क्यारोलिनाको अरेन्जबर्गमा रहेको क्लाफलिन युनिभर्सिटीबाट ग्रयाजुएट भएका थिए । उनी त्यस लगत्तै वुडल्यान कम्प्लेक्समा बसाई सराई गरेका थिए ।

घटनामा एक नेपालीको घर पूर्णरुपमा धवस्त भएको थियो भने सर्लाहीका श्याम अधिकारी घाइते भएका थिए । बन्दुकधारीले अन्य नेपालीहरुलाई पनि लखेटेको र भागेर ज्यान बचाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्