कपिलवस्तु मा एक साता को लागि निषेधाज्ञा थप , के-के खुल्ने



कपिलवस्तु /कोरोना नियन्त्रण समन्वय समिति (डिसिसिएसी) र जिल्ला सुरक्षा समितिको निर्णयले कपिलवस्तु जिल्लामा जेठ ३१ गते राती १२ बजेसम्म जारी निषेधाज्ञालाई असार ७ गते राति १२ बजेसम्म थप गरिएको साथसाथै निषेधाज्ञा खुकुलो गरिएको छ । निषेधाज्ञा खुकुलो भए सँगै निजी सवारी साधन, मोटरसाइकल कार चलाउन पाइने का साथै अटो रिक्सा पनि चलाउन पाइने निर्णय भएको छ ।

बैङ्क तथा वित्तीय संस्था पूरा समय खुल्ने निर्णय भएकोसाथै सबै कार्यालय खुल्ने भएता पनि आन्तरिक काम मात्र हुने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म खुल्दै आएको पसलहरू अब बिहान ९ बजे देखि साझा ५ बजे सम्म खाद्यान्न, तरकारी, फलफूल पसलहरू खुला गर्न पाउने कपिलवस्तु जिल्ला प्रमुख चक्र पाणि पाण्डेले जानकारी दिनु भयो ।

कपिलवस्तु जिल्लामा पछिल्लो समयमा कोरोना सङ्क्रमण र मृत्युदर मा कमी आएका ले निषेधाज्ञा खुकुलो भएको प्रशासनले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्