कविता : गोल कि भद्रगोल



गण्डकीमा पृथ्वी ढल्दा बालुवाटारमा कम्पन
चुरे दोहन गरेर के यो मुलुक बन्ला त सम्पन्न!

हेरौँ अब के हुन्छ एक नम्बर लुम्बिनी र बागमती
चाड निर्णय दे न्यायालय दोहन भो बालुवा गिट्टी।

प्रदेशमा दनदनी आगो बल्दा देशमा पसिना आउने
किन होला प्राकृतिक दोहन गरेर विदेशी मुद्रा भित्र्याउने!

सूर्यमा बादल लाग्दा चिटचिटी पसिना नै आउने
कुन देश होला बूढाहरू सट्टामा बुढीहरू मन्त्री हुन पाउने!

बरु दुधियाको क्वाटर छोडिएला मन्त्री क्वाटर छाडिन्न
अर्काको बकेर्नो गाई दोहरे खान पाए मन अन्त बढिन्न।

आफ्नो देश लिलाम गरेर विदेशीलाई नै खुसी पार्ने
के हो सधैँ नै जनतालाई घरभित्रै थुनेर भोकै मार्ने?

आफ्नालाई मात्रै छानाछानी लगाउँछन् कोरोनाको भ्याक्सिन सुई
गरिबको त आफ्नो भन्ने उनै श्री पशुपतिनाथ मात्रै उहीँ।

खाडीको पसिनाले नै गाडीमा तेल हाल्छन् नेता
बजेट बनाउँदा वै रो मा ध्यान दिएनन् किन त्यता!

राजधानी सँग मन्त्री साट्ने कुन होला त्यो पहिलो?
कतै चाकरी गर्छन् त कतै गर्दै छन् पीडाले रोइला।

कुर्सीकै मोह देखियो है सबैको नै आज हेर्दा रोइला
कुर्सीमै आर्यघाटमा जाने अध्यादेश ल्याऊ पहिलो।

चारैतिर भयो ऐले गोल कि हो त यो फेरि भद्रगोल
कहिले बुझ्लान यिनले नेपाली जनताको मतको मोल।

विदेशीले भन्छन् सुनको कचौरा बोकेर भिक माग्ने देश
के के हो पत्ता लागौँ हामी सब मिलेर बाँकी शेष।
धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्