टप फिचर

झलनाथ खनालको स्वास्थ्यमा समस्या, नर्भिक अस्पताल भर्ना

By Thah Online

June 14, 2021

काठमाडौँ । नेकपा एकालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना हुनुभएको छ ।

केही समयअगाडि कोरोना सङ्क्रमण मुक्त भएर घरमा आराम गरिरहेका नेता खनाललाई रगतमा हेमोग्लोबिनको मात्रा कम र ज्वरो आएपछि अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।