ओरालो लाग्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?



काठमाडौँ । सोमबार पनि सुनको मूल्य ओरालो लागेको छ । आइतबार नेपाली बजारमा प्रतितोला ६०० रुपैयाँले घटेको सुनको मूल्य थप सोमबार ७०० रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा रु ७ सयले घटेर प्रतितोला ९३ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजाबी सुन समेत ७०० रुपैयाँले नै घट्दै ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । यता, चाँदी तर्फ भने गत आइतबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले घट्दै आज एक हजार ३६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्