उपत्यकामा खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक



काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ।

परीक्षणको लागि मेलम्चीको सुरुङ असार १ गतेदेखि खाली गरिँदै छ। सोही कारण करिब दुई महिना काठमाडौँ उपत्यकामा प्रतिदिन उपलब्ध भइरहेको १७ करोड लिटर पानी उपलब्ध नहुने भएको छ।

मेलम्चीको पानी नआउन्जेलसम्म हुने परिमाणको कमीलाई ध्यानमा राख्दै केयूकेएलले खानेपानी वितरण तालिकामा फेरबदल गरेको जनाएको छ। तालिका अनुसार उपत्यकाका अधिकाशं क्षेत्रमा साताको एक दिन पानी आउनेछ भने ललितपुरको सैंबु क्षेत्रमा १२ दिनमा एक पटक मात्रै पानी आउनेछ।

तालिका हेर्नुहोस्:

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्