वामदेव र विष्णु पौडेलबीच भेटवार्ता



काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम र उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेलबिच भेटवार्ता भएको छ। गौतमलाई भेट्न पौडेल उनको निवास भैसेपाटी पुगेका थिए । 

करिब ४५ मिनेट भएको भेटवार्तामा पार्टी एकताका बारेमा नै छलफल भएको बताइएको छ ।

गण्डकी प्रदेशमा धक्का बेहोरेको एमालेले आन्तरिक एकताको कसरत गरिरहेको छ। स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली जेठ २ गते फर्कन ‘लचिलो’ देखिएका छन्। त्यसका लागि छलफल गरिरहेको र त्यही सिलसिलामा पौडेल गौतम निवास पुगेका हुन् ।

स्रोतले भन्यो, ‘वामदेव गौतमले जेठ २ कै स्थायी कमिटी बोलाउन माग गरिरहनुभएको छ।उहाँहरूबिच त्यही विषयमा कुराकानी भयो। गौतम र पौडेलबिच नियमितजसो संवाद भइरहेको छ ।

ओलीनिकट नेताहरूले दिएको जानकारी अनुसार असार २ गते स्थायी कमिटी बैठक बोलाउने तयारी गरिरहेका छन् । त्यस दिन जेठ २ अघिकै स्थायी कमिटी बोलाउने सम्भावना रहेको स्रोत बताउँछ । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्