कोभिड महामारीमा हिन्दु स्वयंसेवक सङ्घको गरिबलाई  सहयोग जारी



जेठ ३१,फुकिला,कपिलवस्तु 
कोभिड महामारीको मारमा परेका  विपन्न,गरिब अति आवश्यक परिवारलाई सेवा ईन्टरनेशनल तथा हिन्दु स्वयंसेवक सङ्घको सहयोगमा कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ३ ,फुकिला अन्तर्गत विभिन्न गाउँका जनता जनार्दनहरूलाई राहत खाद्यान्न वितरण भएको छ।  

वडाका विभिन्न गाउँ टोलका सत्तरी गरिब परिवारलाई खाद्यान्नको पोका जसमा चामल, दाल, तेल नुन, सोयाबीन लगायतको खाद्य सामग्री  रहेको छ। हिन्दु स्वयंसेवक सङ्घका कपिलवस्तु जिल्ला सङ्घ चालक  वासुदेव चौधरी , सह जिल्ला कार्यवाह दिनेश कुमार चौधरी , दिलीप, वडा अध्यक्ष सुकदेक प्रसाद तिवारीले फुकिला वडा कार्यालयमा वितरण गरेका छन्। 

सेवा ईन्टरनेशनल र हिन्दु स्वयंसेवक सङ्घले नेपालको विभित्र जिल्लामा  स्वास्थ सामग्री तथा खाद्यान्न वितरण गर्दै आएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्