काठमाडौंमा रोकिएको कोरोनाविरुद्धको खोप अभियान शुरू



काठमाडौँ। काठमाडौँ महानगरपालिकामा कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाउन पुनः सुरु गरिएको छ। जेठ २५ गतेबाट सुरु खोप अभियान २८ र २९ गते भ्याक्सिन अभाव भएको भन्दै रोकिएको थियो।

काठमाडौँ महानगरले वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, विरेन्द्र सैनिक अस्पताल छाउनी, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरलाई खोप केन्द्र तोकेको छ।

ती खोप केन्द्रमा काठमाडौँ महानगरपालिकाभित्रका ६०–६१ वर्ष उमेर समूहका व्यक्ति, यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोरोना सङ्क्रमितका प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सा, नर्सिङ र पारामेडिक विद्यार्थीहरूलाई खोप लगाइने व्यवस्था मिलाइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्