सौर्न्दर्यताले भरिएको देशमा चुरे दोहन किन रोकिएन एमाले नेता यादव 



३१ जेष्ठ , महेश सिंह महतो सिरहा – असार  मसान्त लाग्न थालेपछि मापदण्ड भन्दा बढी नदीजन्य पदार्थको दोहन हुन् लाग्दा जिल्ला समन्वय समिति सिरहाको उप- प्रमुख सरोज यादवले आपत्ति जनाएका छन् । यादव नेकपा एमालेको नेता समेत रहनु हो । असार नजिकिएसँगै सिरहा सप्तरी धनुषा लगायत देश भरी नदीजन्य पर्दाथको दोहन बढ्दै गएको छ । समस्या पक्कै नयाँ होइन तर, नियामक निकाय चिरनिद्रामा छन्।

नदीजन्य पदार्थको दोहनको नियमन गर्ने स्थानीय सरकार, प्रहरी र प्रशासन जानकार नभएका होइनन् । उनीहरूकै मौन स्वीकृतिमा नदीजन्य पदार्थको दोहन भइरहेको छ । स्थानीय सरकार खोलामा ठेक्का दिन्छन्, अनुगमन गर्दैनन् । बरु प्रहरी प्रशासनले रोकेन भनेर प्रतिक्रिया दिन्छन् । 

जिल्लाकै समग्र अनुगमन गर्ने जिल्ला समन्वय समितिले अवैध दोहन देख्न, न सक्दा अनु गमनका प्रक्रिया अगाडि बढाएका छन् । सिरहाको दोहन हुने क्षेत्रमा प्रहरी प्रशासन अनुगमन नगएका होइनन् । तर,उनीहरू पनि दोहन रोक्न मिडियामा समाचारको प्रतीक्षा गर्छन् ।

 नियमानुसार खोलाबाट पाँच सय मिटरनजिक उत्खनन गरिएका सामग्री स्टोर गर्न पाइँदैन। त्योबाहेक ठुलो मेसिन र टिपरहरूको प्रयोगमा ढुङ्गा, गिटी र बालुवा उत्खनन गर्न बन्देज लगाइएको छ । तर, असार १ बाट नदीजन्य पदार्थको उत्खनन गर्न नपाइने भएकाले धमाधम खोलाबाट सामग्री ढुवानीमा गर्न लाग्दा जिल्ला समन्वय समिति सिरहाले कडा रूपमा दोहन रोक्न प्रस्तुत भएका छन् । दोहन न रोकिए पछि देशमा ठुलो सङ्कट खेपनु उप प्रमुख यादवले बताए।

विकासको नाममा हुने विनाशको चपेटामा निहत्था नागरिक परिरहेका छन् । सिरहाको नदि,खोलामा नदीजन्य पदार्थको उत्खननमा निर्माण व्यवसायीले गरेको चरम लापरबाहीको चौतर्फी विरोध भइरहेको छ । 

यति बेला खोलाहरूमा पनि नदीजन्य पदार्थको दोहन दैनिक बढ्दै गइरहेकोले जिल्ला समन्वय समिति सिरहाले आपत्ति जनाएका छन् । प्रमुख जिल्ला अधिकारी प्रबिण कणेलका अनुसार स्थानीय तहहरूले नै ठेक्का पटा लगाउनु हुन्छ। हामीले हामीले सूचनाको आधारमा रोक्ने गरेका छौँ र उनीहरू कर असुलीमा लागेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख हिरा बहादुर पाण्डेका अनुसार मैले सिरहा आए लगत्तै यस्तो क्रियाकलापमा रोक लगाएको छु।

उलङ्घन गर्ने ५ ट्र्याक्टर ,टिपर र जेसिबी नियन्त्रणमा लिएका छौँ।प्रहरी,प्रशासनलाई मात्र दोष दिएर स्थानीय तह उम्कन नहुने बताइन्। उनले ठेक्का,र अनुगमन गर्ने, सदुपयोग र दुरुपयोग गर्ने जिम्मा स्थानीय तहकै भएकाले आवश्यक परे प्रहरी प्रशासनलाई खबर गर्नुपर्नेमा जोड दिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्