टप फिचर

वित्थडचिरका प्रेम बोहरा सहित २९ जना नेपाली काङ्ग्रेसका नयाँ क्रियाशील सदस्यमा सिफारिस

By Thah Online

June 14, 2021

बझाङ , उत्तमकुमार थापा ।  नेपाली काङ्ग्रेस वित्थडचिर गाउँपालिकामा २९ जना क्रियाशील सदस्यमा सिफारिस गरिएको छ । जिल्लाको वित्थड चिर गाउँपालिकाका प्रेम बहादुर बोहरा सहित २९ जनालाई नेपाली काङ्ग्रेसको क्रियाशील सदस्य बनाउन गाउँपालिकाको वडा नम्बर ९ बाट सिफारिस गरिएको जनाएको हो ।

वित्थडचिर गाउँपालीकाका प्रेम बहादुर बोहरा सहित २९ जना नयाँ सदस्यका लागि सिफारिस भए काङ्ग्रेस अब्बल बन्दै अगाडि बढ्ने धन बहादुर बोहराले बताए पछिल्लो समय काङ्ग्रेसमा समावेश हुनेकाे लर्काे लाग्दै आएको स्रोतको भनाइ छ । अचम्म मान्नु पर्दैन प्रेम बोहरा वडा नम्बर ९ बासी रहेको स्रोतले बताए ।