महायज्ञको पाँचौ दिन , प्राविधिक शिक्षाका लागि नाच्दै दानदाता



गिरिराज नेपाली
दाङ, २२ माघ । सधै पढाई लेखाई र कामकाजमा तलिन हुने विद्यार्थी, शिक्षक र अभिभावकहरु र पाँच दिनदेखी निकै रमाईलो उत्साहमा छन । प्राविधिक शिक्षा सञ्चालनका लागि जनकल्याण मावि दुधरासले सञ्चालन गरेको श्रीमत्भागवत ज्ञानमहायज्ञ धनधान्यचलमा विद्यार्थी र शिक्षकलेताली बजाएकै छन । अभिाभावक दानदाताहरु दान गर्दै खुसीले नाचिरहेकै छन । दानदाताहरुले गाउँमै प्राविधिक शिक्षालय खोल्ने खुसीले नाचिरहेका छन । भने विद्यार्थीहरु गाउँमै प्रविधिक पढ्न पाउने आशले खुसी देखिन्छन ।जो खुसी महायज्ञले साटीदिएको छ ।

महायज्ञको पाँचौ दिन आज सोमवार दान गर्नेहरुको पनि कमि भएन । नाच्नेहरुको पनि अभाव देखिएन्न । सोमवार मात्रै महायज्ञमा करिव १५ लाख रुपैयाँ नगद दान र ५५ लाख बराबरको सम्पत्ती संकलन भएको छ ।

महायज्ञ मुल आयोजक समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज विश्वकर्माले दानदाताहरु उत्साह निकै रहेको प्रशंसा गर्दै भन्नुभयो – ‘ मन खुलेर दान गर्नुहुन्छ । ’ गाउँमै प्राविधिक शिक्षा खोल्ने रहरै रहेरले होला दानदाताहरुको कमि भएको छैन । शुरुले दिनमा के कस्को हो भन्ने लागेका थियो । तर पछिल्लो दिनहरुमा दानदाताहरु कमि भएको छैन । जसले विद्यालय परिवारहरु लाई पनि निकै हौस्याएको छ । उहाँले भन्नुभयो– ‘स्थानीयहरुको यो उत्साह र सहयोगले विद्यालयले लिएको संकल पुरा गर्छाै भन्ने कुरामा निर्धक्क छौ । ’

दानविर राम बहादुर डाँगीले गाउँमा इन्जिनियरको स्कूल खोल्ने रहरै रहरले दान गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो – ‘ जसका लागि मन फुकाएरै दिएका छौ । ’ गाउँमा ईन्जिनियरको पढ्ने स्कुले नहुदा छोरानाती लाई टाढा पठाउनुपर्ने वाध्यता छ । अब त्यो वाध्यता हटाउन महायज्ञकै आशा छ । धेरै भएर पनि हैन , गाउँकै ईन्जिनियरको स्कूल हाम्रै छोरा नाती ईन्जिनियर बनाउने सपना पुरा गर्नुछ । प्राविधिक शिक्षालय स्थापना गर्ने मोहो विद्यालय लाई मात्रै होईन ,स्थानीयवासी र अभिभावकहरु लाई पनि जागेको महायज्ञको उत्साहले देखाउदछ ।

त्यस्तै प्राविधिक शिक्षाका लागि स्थानीय भवानीदेवि शर्मा परिवारले स्वर्गिय ससुरा भिर्माजुन उपाध्याय र स्वर्गिय श्रीमान बलदेव शर्मा अधिकारीको स्मृति कक्ष स्थापना स्वरुप विद्यालयलाई १६ लाख बराबरको जग्गा दान गर्नुभएको छ । छोरा प्रविण अधिकारी , ज्वाँई नविन लम्सालले संयुक्त रुपमा दान गर्नुभएको हो ।
महायज्ञको पाँचौ दिन सोमवार मात्रै नगद १४ लाख ८८ हजार ७ सय २ रुपैयाँ संकलन भएको छ । जसमा दान दातव्य तर्फ १२ लाख, ७८ हजार ८ सय ४२ रुपैयाँ, कलश तर्फ ३० हजार ६ सय , तुलादान तर्फ १ लाख ५४ हजार २ सय ६० रुपैयाँ, र अनुष्ठान तर्फ १२ हजार ५ सय रुपैयाँ संकलन भएको मुल आयोजक समितिले जनाएको छ । त्यस्तै जग्गा दान तर्फ ५८ लाख २२ हजार २ सय ५० रुपैयाँ संकलन भएको छ ।

 

पाँचौ दिन सम्ममा एक लाख माथिका दानविरुहरु

 

जसमा स्थानीय दानदाता तिलक बहादुर डाँगीले ५ लाख, ५ हजार ५ सय ५५, युबराज अधिकारीले ५ लाख, ५ हजार ५ सय ५५, देबराज विश्वकर्माले १ लाख ,५१ हजार १सय ११ रुपैयाँ , केशवराजव रिजालले १ लाख, २५ हजार १ सय ५५ रुपैयाँ , झक बहादुर वंलीले १ लाख , २ सय ५५ रुपैयाँ, माधव वंलीले २ लाख ११ हजार १ सय ११ रुपैयाँ, हिम वहादुर भण्डारीले १ लाख १ सय ५ रुपैयाँ चौथो दिन सम्म संकलन भएको थियो

त्यस्तै महायज्ञको पाँचौ दिन सोमवार दिनेश पन्थीले १ लाख १ हजार , १सय ११ रुपैयाँ , खुमदेवी उपाध्यक्षले ४० लाख बराबरको जग्गा दान गर्नुभएको थियो । त्यस्तै केदरनाथ गौतमले १ लाख , ११ हजार , १ सय ११ रुपैयाँ , भवानीदेवी शर्माले १६ लाख बराबरको जग्गा दान र राम बहादुर डाँगी परिवारले ३ लाख ३३ हजार , ३ सय ३३ रुपैयाँ दान गरेका थिए ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्