थप २,९१८ जना नयाँ संक्रमित थपिए, ५३ को मृत्यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ८१९ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ९१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ४ सय ३८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ४९ जना र ५ हजार ३ सय ८१ जनाको एन्टिजेन विधिबाट परीक्षण ८ सय ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ३१ हजार ८६० पुगेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार १४७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ५ लाख ३६ हजार २५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार ८१९ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३३ लाख ३७ हजार ३७३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसै गरी पछिल्लो २४ घण्टामा थप ५३ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ४६५ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्