जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त (आदेश सहित)



कास्की । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको छ ।

सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुनबमोजिम नै रहेको ठहर गर्दै थापाको सांसद पद खारेज गरिदिएको हो ।

जेठ २३ मा सर्वोच्च अदालतले गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको थमौतीमा राखेको सांसद पद अन्ततः खारेज गरिदिएको छ ।

आदेशमा भनिएको छ, ‘यस अवस्थामा विपक्षी निवेदक थापालाई जेठ २३ मा जारी भएको अन्तरिम आदेशको कार्यान्वयनमा हाल आवश्यकता र उपयुक्त रहेको नदेखिँदा सो मितिमा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरहन नगरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(७) बमोजिम खारेज गरिदिएको छ, अरू नियमानुसार गर्नु !

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्