सशस्त्र प्रहरीद्वारा २ लाख बढीको औषधी ,भारतीय चिसो र सुर्ती नियन्त्रणमालिई भन्सार चलान



कपिलवस्तु जेठ ३१ भन्सार छली अवैध रूपमा ओसारपसार न्यून गर्न कपिलवस्तु सशस्त्र प्रहरी थप सक्रिय भएको छ । सशस्त्र प्रहरी मर्यादापुरले जिल्लाको रङ्गपुर , मर्यादापुर लगायतको नाकाबाट सशस्त्र अवैध रूपमा भन्सार छली रु.२ लाख ४० हजार बढीको विभिन्न किसिमका औषधी,चिसो,सुर्ती लगायत विभिन्न किसिमका कस्मेटिकका सामानहरू नियन्त्रणमा लिई सुठौली भन्सार कार्यालयमा बुझाएको छ ।

भारतबाट लुकाई छिपाई ल्याई रहेका ती अवैध सामाग्री रङपुरबाट सशस्त्र प्रहरी निरीक्षक शङ्कर सिंह सिखको कमान्डमा खटिएका ७ जनाको टोलीले रङपुरको बाटोमा तस्करहरूलाई लखेट्दै २ लाख ४० हजार भन्दा बढीको औषधी,चिसो,सुर्ती लगायत विभिन्न किसिमका कस्मेटिकका सामानहरू पक्राउ गरेको हो ।

उक्त अवैध सामान सुठौली भन्सार कार्यालय चलान गरिएको बि.ओ.पी. मर्यादापुरका सशस्त्र प्रहरी निरीक्षक शङ्कर सिंहले जानकारी दिनुभयो । अवैध रूपमा भन्सार छली ओसारपसार नियन्त्रणका लागी कपिलवस्तुका सुरक्षाकर्मीले थप कडाइ गरे सँगै पछिल्लो समयमा सीमा क्षेत्रमा विभिन्न सामानहरू बरामद हुने क्रम बढेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्