लागुऔषध ओरारपसार न्यूनिकरण गर्न सवारी चालकलाई प्रशिक्षण



सैघाली खबर
दाङ,२३ माघ

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले सवारी दुर्घटना न्यूनिकरण तथा लागुऔषध दुव्र्यसनी नियणत्रण सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरेको छ । तुलसीपुर क्षेत्र लागुऔषध ओसारपसारको ट्रानिञ्जट प्वाईन्ट बनेको भन्दै यसलाई न्युनिकरण गर्न चेतना मुलक कार्यक्रम गरिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

गाडिमा लागुऔषध ओसार पसार नहोस भनेर उक्त सचेतना मुलक कार्यक्रम गरिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख लक्ष्मण कुमार ऐरले वताए । शनिबार ट्राफिक प्रहरी कार्यालय तुलसीपुरमा भएको सचेतना मुलक कार्यक्रममा ५० भन्दा बढी सवारीचालकको सहभागीता रहेको थियो ।

यदि लामो दुरीका सवारी साधनमा लागुऔषध ओसार पसार गरेको शंका लागेमा प्रहरीलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । सवारी चालकले पनि लागुऔषध प्रयोग गरेको पाईएमा कानुन बमोजिम कडा कारबाही गर्न चेतावनी समेत दिईएको थियो ।
सचेतना कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका सई राम बहादुर जिसी, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख लक्ष्मण कुमार ऐर, असई विवेक महराले प्रशिक्षण दिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्