आजको कम्युनिष्ट आन्दोलन र लिनुपर्ने सही शिक्षा



विश्वमा एक जमाना थियो जति बोल कम्युनिस्ट आन्दोलन अत्यन्तै लोकप्रिय र आम श्रमजीवी जनताको आशा र भरोसको एक मात्र विकल्प प्रतीत हुन्थ्यो । हुन पनि त्यो आन्दोलन जन नैतिकता, इमानदारिता, जन सवालका हिसाबले मात्रै होइन, सबै किसिमका सामाजिक–सांस्कृतिक तथा अर्थ–राजनीतिक भेदभाव अर्थात् — ‘वर्गीय शोषण र सामाजिक उत्पीडन’बाट मुक्तिको जुन दिशा बोध यसले गराएको  र स्थापित गरेको थियो त्यसको सान्दर्भिकता र महत्त्व आज पनि उत्तिकै छ र अझ बढ्न गएको छ । यद्यपि अहिले यो आन्दोलन ठुलो धक्का र पराजयको घोर विचलनकारी प्रवृत्तिको नराम्रोसँग सिकार बनेको कालखण्डबाट गुज्रिरहेको छ । अनि जुन उच्चाईको जनताको विश्वासको धरोहर  हिजो यो आन्दोलन बन्न सकेको थियो आज त्यो स्थिति छैन । बरु उल्टै कम्युनिस्टको खोल ओढेर कम्युनिस्ट विरोधी पुरानै शोषक शासक वर्गको ताबेदार गर्ने, त्यही गलत प्रवृत्तिको अनुसरण गर्ने र जनतालाई भ्रमित तुल्याउने परिपाटी प्रबल बनिरहेको स्थिति आज छ ।

यस परिप्रेक्षकमा अहिलेसम्मको विश्व कम्युनिस्ट आन्दोलनलाई हामीले सरसरी मात्रै पनि हे¥यौ र केलायौ भने विश्व स्तरमा मूलतः तीन वटा अत्यन्तै महत्त्वपूर्ण मोड यस आन्दोलनमा आएको प्रस्टसँग देख्न र उल्लेख गर्न सकिन्छ । त्यस्तो पहिलो उल्लेखनीय र महत्त्वपूर्ण  मोड सबभन्दा पहिला १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्रको प्रकाशन पछि नै विश्वमा आरम्भ भएको थियो । वस्तुतः यसले संसार अर्थात् मानव समाज र प्रकृति दुबैलाई हेर्ने, व्याख्या गर्ने र फेर्ने एउटा अत्यन्तै महत्त्वपूर्ण वैज्ञानिक तथा समकालीन विश्वका अरू दर्शनभन्दा भिन्न द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी सामाजिक दर्शन, बिचार, दृष्टिकोण र नीति दियो । वस्तुतः कार्ल मार्क्स र फेरिडक एङ्गेल्सले विश्वका सामु प्रस्तुत गरेको त्यो काल भेदी कम्युनिस्ट घोषणा पत्रले संसारलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने र फेर्ने एउटा नयाँ र सशक्त आधार र अभूतपूर्व ऊर्जा प्रदान ग¥यो । यस प्रकार यसले विश्वमा ठुलो हलचल मात्र ल्याएको होइन, अहिलेसम्मको गलत बाटोमा — शोषण, अन्याय, दमन, दबाब र थिचोमिचोको अमानवीय बाटोमा–हिँडिरहेको संसारलाई बदल्न सकिन्छ, युगौँ पुराना जनताका सबै प्रकारका दुःख कष्टबाट पार पाउन सकिन्छ, सबै किसिमका विभेद, अन्याय, असमानताबाट समाजलाई मुक्त गराउन सकिन्छ अनि परस्परमा प्रेमपूर्वक बाच्न सकिने सुन्दर र सुखमय एउटा सुनिश्चित भविष्य भएको दिगो र गतिमान संसार निर्माण गर्न सकिन्छ भन्ने अत्यन्तै महत्त्वपूर्ण, सारगर्भित र दूरगामी मानवीय सन्देश विश्वलाई यसले दियो ।

यसरी वस्तुतः नयाँ किसिमले संसारलाई हेर्ने र फेर्ने त्यो घोषणापत्रकै आधारलाई अघि बढाउँदै लाने क्रममा नै रुसको १९१७ को महान् अक्टोबर समाजवादी क्रान्तिले सफलता पाएको थियो  । पुँजीवाद साम्राज्यवादमा विकसित भए पछि त्यसको सबैभन्दा कमजोर पकड जहाँ हुन्छ त्यो देशमा क्रान्ति सम्भव छ भन्ने विकसित ठोस परिस्थितिको ठोस किष्कर्श माक्र्सबादकै सिर्जनात्मक विकास र प्रयोगको आधारमा निकालेर लेनिनले सफल पारेको त्यो अपूर्व समाजवादी क्रान्तिले विश्वमा पहिलो पटक मजदुर किसानको अर्थात् पिँधमा परेका शोषित पीडित जनताको शासन सत्ता स्थापना गरेको थियो । यसरी त्यो समाजवादी क्रान्तिको सफलताले नै पहिलो पटक विश्व कम्युनिस्ट आन्दोलनले अर्को या दोस्रो आधारभूत र नयाँ मोड ल्याएको हो । त्यो मोड सर्वहारा क्रान्ति र साम्राज्यवाद बिचको सङ्घर्षको मोड थियो र हो । वास्तवमा मूलतः अहिले पनि त्यही क्रान्तिको मूल प्रवाहबाट विश्व कम्युनिस्ट आन्दोलन गतिमान छ ।

अर्थात्  त्यो मोडलाई छोडियो भने त्यो कम्युनिस्ट आन्दोलन रहँदैन,अवरुद्ध उङ्छन् र त्यसमा विकृति विसङ्गतिहरू आउँदछन् । लेनिनको नेतृत्वमा सम्पन्न त्यो पहिलो समाजवादी क्रान्ति पछि नै विश्वका अरू धेरै देशहरूमा सामन्तवाद, साम्राज्यवाद र उपनिवेशवाद विरोधी आन्दोलनको लहर बिश्वब्यापीरुपमा फैलिएको र तिनले सफलता पाएका हुन् भन्ने कुरा इतिहासले सिद्ध गरिसकेको कुरा हो । त्यही क्रममा नै चीन र भारत पनि उपनिवेशवादको पञ्जावाट मुक्त भएका हुन् । त्यसै क्रममा नै चीनमा कमरेड माओको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएर आज विश्वको अग्रतम आर्थिक शक्तिको रुपमा चीन स्थापित हुन गइरहेको छ । तर बिश्वले यति बेला समाजवादी सोभियत सङ्घमै त्यो महान् समाजवादी क्रान्तिका उपलब्धिहरू नजोगिनु र सोभियत समाजवादको पत्तन हुनुको पछाडिका बस्तुगत र मनोगत कारणहरू सही किसिमले केलाएर सार्थक निष्कर्षमा पुग्नुपर्ने गम्भीरतम आवश्यकता छ – विश्व कहाँ पुगेको छ भनेर हेर्न र यसलाई सही किसिमले फेर्नका लागि गम्भीर अध्ययन, विश्लेषण र संश्लेषणको आवश्यकता वास्तवमा आज अझ बढ्न गएको छ ।

यो विश्व कम्युनिस्ट आन्दोलनको अहिलेको तेस्रो महत्त्वपूर्ण मोड हो —सोभियत समाजवादले ७० वर्ष चलेपछि १९९० मा खाएको अत्यन्तै गम्भीर धक्का र यसको पत्तन, जसको व्यापक असर अहिले पनि बिश्व ब्यापीरुपमा परिरहेको छ । यसले विश्व कम्युनिस्ट आन्दोलनका गम्भीर प्रकारका कमी कमजोरीहरू केलाउन, यसलाई पुनः सही धरातलमा खडा गर्न र सही दिशामा अघि बढाउन बिश्व भरीका कम्युनिस्ट तथा यो शोषण उत्पीडनमा आधारित विश्व समाजलाई समूल रूपमा फेर्न चाहने प्रगतिशील, बाम पन्थी तथा क्रान्तिकारी लोकतान्त्रिक शक्तिहरूले समेत आज गहन रुपमा सोच बिचार पु¥याउन पर्ने दूरगामी महत्त्वको अत्यन्तै गम्भीर कुरा छ ।

यसरी सरसरी हेर्दा यसरी हामी प्रस्ट देख्दछौँ कि विश्वमा अहिलेसम्म कम्युनिस्ट आन्दोलनका दुइटा चक्रले पूर्णता पाइसकेका छन् भने तेस्रो चक्र अर्थात् ठुलो धक्का खाएको कालखण्डमा आजको विश्व समाज रहेको छ । त्यसैले यति बेला यो धक्काका साङ्गोपाङ्ग कारणहरू केलाएर आन्दोलनको पुनर् समीक्षा गर्दै नयाँ किसिमले अघि बढ्नुपर्ने कालखण्डबाट विश्व समाज अघि बढ्दै छ । यो चरण वास्तवमा घोर विचलन,सिद्धान्तहीनता, भयङ्कर धक्का, र आत्म समीक्षाको अत्यन्तै गम्भीर र महत्त्वपूर्ण चरण हो। यो कुरालाई नेपाल लगायत विश्वभरिका कम्युनिस्ट तथा बाम पार्टीहरुले महसुस गर्नु पर्दछ र गर्दै आएका पनि छन् ।

यस सन्दर्भमा केही वर्ष अगाडि पोर्चुगलको राजधानी लिस्वनमा विश्वका ६१ देशका ७६ कम्युनिस्ट पार्टीहरूको संयुक्त बैठकले एकमतले के निचोड निकालेको थियो भने ठुलो धक्का खाए पनि वास्तवमा वैज्ञानिक समाजवाद नै पुँजीवादी सङ्कटबाट मुक्तिको विश्वको आजको पनि एक मात्र सही विकल्प हो । तर विगतमा र अहिले पनि समाजवादी सिद्धान्त र व्यवहारका बारेमा जस्तो किसिमले तोडमोड गरिएका छन्, जस्ता गम्भीर गल्तीहरू दोहो¥याइएका छन् र जसरी समाजवादी आन्दोलनलाई शिथिल र दिशाहीन तुल्याउने खालका गतिविधि भइरहेका छन् तिनबाट उचित शिक्षा लिएर अघि बढ्न सक्दा मात्र वैज्ञानिक समाजवादका मानवीय, विश्वव्यापी उपलब्धिहरू, समाजवादी प्रणाली र तिनको औचित्य र आवश्यकताको पुन र्पुष्टी गर्दै अघि बढ्न सकिने आलोचनात्मक सार त्यो संयुक्त बैठकले खिचेको थियो ।

त्यस बैठकले क्रान्तिको कुनै एउटै मोडेल या नमुना हुँदैन र त्यो दोहो¥याइरहन मिल्दैन र त्यसो गर्न सकिँदैन पनि भन्ने उल्लेख गर्दै तर समाजवादी क्रान्ति सम्पन्न गर्न, जीवन्त समाजवाद निर्माण र त्यसको सही ढङ्गले व्यवस्थापन गर्न जनताको अग्रतम र निर्णायक भूमिकालाई सुनिश्चित गरिनु पर्दछ र त्यो सम्भव छ र  हुन्छ भन्ने कुरालाई बिशेष रुपमा र दृढता पूर्बक दोहो¥याएको थियो । वर्तमान अन्तर्राष्ट्रिय स्थितिको परिप्रेक्षकमा विश्वभरिका कम्युनिस्ट तथा श्रमजीवी जन समुदायकारसाथै साम्राज्यवाद विरोधी प्रगतिशील तथा क्रान्तिकारी लोकतान्त्रिक शक्तिहरूको ऐक्यबद्धता र पारस्परिक सहयोग नै त्यस्तो शक्ति हो जसले वैज्ञानिक समाजवाद एउटा अजेय विकल्प हो भन्ने कुरालाई मूर्त र ठोस रुपमा चरितार्थ गर्दछ र गर्न सक्दछ भन्ने अर्थपूर्ण निष्कर्ष पनि बैठकले निकालेको थियो । यसका लागि विश्वका बद्लिदा गतिबिधि हरुलाई निरन्तर हेर्ने, केलाउने, परस्पर यस्ता अन्तरक्रिया गर्ने, बिचारहरूको आदान प्रदान गर्ने र समय सापेक्ष र सही क्रान्तिकारी गतिबिधि हरुलाई अघि बढाउन हर तरहले लाग्ने प्रतिबद्धता पनि जनाइएको थियो । यसका लागि बैठकले विश्व समाजवादी आन्दोलनलाई अघि बढाउन समय सापेक्ष विभिन्न नीति र विभिन्न कदमहरू अवलम्बन गर्ने र तिनलाई व्यवहारमा खरो उतार्ने महत्त्वपूर्ण निर्णयहरू समेत लिएको थियो ।

महान् समाजवादी अक्टोबर क्रान्ति हुनु अघिको आधा शताब्दीको कालखण्डलाई हामीले नियालेर हे¥यौ भने पनि त्यति बेला कम्युनिस्टहरू राज्य सत्ता सञ्चालन गर्ने अवस्थामा नपुगेको भए पनि त्यो समय उनीहरूको निमित्त बृहत् बहस, अन्तरक्रिया र रचनात्मक प्रक्रियाको दृष्टिले अत्यन्तै उर्वर समय थियो । बिशेष गरी यस सन्दर्भमा पेरिस कम्युनको असफलतापछिको कालखण्ड कम्युनिस्ट सिद्धान्त र बिचार धाराको समृद्धिका निमित्त आदर्श तम काल खण्ड रहेको औँल्याउन सकिन्छ ।वास्तवमा त्यो कालखण्डमा अरूको आलोचना सुन्ने र आफ्नो गल्ती सच्याउने लोकतान्त्रिक र पारदर्शी असल परिपाटी अत्यन्तै प्रबल बनेको थियो ।त्यति बेला मार्क्स र एंगेल्सलाई समकालीनहरूले गरेको आलोचनाहरूबाट उनीहरूले सही शिक्षा लिने गरेको कुरा नै यसको सबैभन्दा ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ । वास्तवमा त्यो कालखण्डमा आजको जस्तो कम्युनिस्ट आन्दोलनमा त्यस्तो कुनै जालझेल र षडयन्त्रहरूको गन्धसम्म पनि थिएन । मार्क्सवादी नेता कार्यकर्ताहरूमा पारदर्शिता, इमानदारिता र जनताप्रति सतत समर्पण त्यो बेलाको प्रस्ट चरित्र र उदात्त स्वभाव थियो । वास्तवमा लेनिनको नेतृत्वमा भएको महान् अक्टोबर समाजवादी क्रान्तिको श्रेय मूलतः  लेनिनले नव निर्माण गरेको यही महत्त्वपूर्ण विशेषता र बस्तुस्थितलाई दिइनु सर्वथा उचित हुन्छ ।

आजका पछिल्ला दिनहरूमा समग्र विश्व कम्युनिस्ट आन्दोलन र विभिन्न देशका कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट नैतिकता, निष्ठा, इमानदारिता, आचरण र व्यवहार को ठाउँमा जालझेल र षडयन्त्रले तथा उपभोक्ता बादले नराम्रोसँग गूढ लाउन थाल्यो र यो आन्दोलनलाई भित्रैबाट कमजोर र खोक्रो बनाउन थाल्यो । जालझेल र षडयन्त्रको यस्तै अनुभूतिले गर्दा होला चीनमा कम्युनिस्ट पाटीका अध्यक्ष माओले सर्वहारा सांस्कृतिक क्रान्तिकै कालमा आफ्नो जीवनको उत्तरार्द्धमा पुग्दै गर्दा ‘माक्र्सबादको प्रयोग गर संशोेधनबादको होइन, एकजुट होऊ नफुट, खुल्ला र खुलस्त होऊ, जालझेल र षडयन्त्र नगर’भन्ने अत्यन्तै महत्त्वपूर्ण मार्गदर्शन गरेका र निर्देशन दिएका थिए । वास्तवमा यी नै महत्त्वपूर्ण सारलाई बुझेका तथा विश्व म्युनिष्ट आन्दोलन र त्यसको एउटा अङ्ग नेपाली कम्युनिस्ट आन्दोलन भित्र पनि भित्रिएको जालझेल र षडयन्त्रको अनुभव बटुलेका नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले पनि ‘राजनीति जालझेल होइन, वास्तविक बस्तुस्थितको आधारमा वर्गीय विश्लेषणको निचोड हो’ भन्ने दूरगामी र महत्त्वपूर्ण निष्कर्ष निकालेका थिए र विभिन्न घटना,पघिटनाहरु बाट सही शिक्षा लिनुपर्ने महत्त्वपूर्ण सन्देश दिएका थिए । वस्तुतः आज पनि समग्र नेपाली जन आन्दोलनलाई र विशेषतः कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी नैतिक धरातल प्रदान गर्न र क्रान्तिकारी दिग्दर्शन गराउन यो निष्कर्षको अत्यन्तै ठुलो महत्त्व छ र रहिरहने छ । देश र जनताको समुन्नति, समानता, संवृद्धि सतत शान्ति चाहने सबै क्रान्तिकारी कम्युनिस्ट, बा पन्थी र क्रान्तिकारी लोकतन्त्रबादीहरुले आज यी कुरालाई आत्मसात् गर्न र सही दिशामा अघि बढ्न सिक्नु, सक्नु र अग्रसर हुनुको कुनै विकल्प छैन । इतिहास र  समयले दिएको सारभूत शिक्षा नै यही हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्