समाजसेवी राउतको पहलमा कोरोना सङ्क्रमितलाई आयुर्वेदिक औषधी वितरण



कोरोना सङ्क्रमित तथा रुघा, खोकी, ज्वरो, फ्लु रोगीमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिमा उपयोगी हुने गुर्जोसहितको धुलो औषधी एवं चिया निःशुल्क वितरण गरिएको छ । समाजसेवी मनोज राउत,धिरज गुप्ता,बाबुनन्द पटेल,कृष्णा पटेल,जल्सोदिन शेख,दीपेन्द्र कुमार राउत, र पतञ्जलि योग समिति लमही नगर प्रमुख भेषराज भट्टराईले कोरोना सङ्क्रमित बिरामीको घरमै पुगी उक्त गुर्जो सहितको धुलो औषधी एवं चिया (काँढा) प्रयोग विधि सहित निःशुल्क वितरण गरेका हुन ।

आयुर्वेद चिकित्सक तथा विज्ञको परामर्शमा तयार गरी गुर्जो अभियानकर्मी आन्तरिक राजश्व विभाग धुलिखेलका कार्यालय प्रमुख कमल बहादुर राजलवटले शक्तिबदक औषधी निःशुल्क वितरणको व्यवस्था मिलाएका हुन । आयुर्वेद चिकित्सक डा. ऋषिराम कोइराला, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरका कार्यकारी निर्देशक डा. राम आधार यादव लगायत चिकित्सकको सल्लाहमा ४८ प्रकारका जडीबुटीबाट यो औषधी तयार पारिएको हो ।

कार्यालय प्रमुख राजलवटले २०७६ चैतमा नेपालमा कोरोना सङ्क्रमित देखिएदेखि नै गुर्जोका बिरुवा, धुलो, औषधी र चिया निःशुल्क वितरण गर्दै आएका छन् । गुर्जोका परिकारले कब्जियत हटाउने, तरो ताजा एवं स्फूर्तिसमेत बढाउने सेवनकर्ताको अनुभव छ । यस्तै महत्त्वको औषधी भएकाले एक घरमा अनिवार्य रूपमा एउटा गुर्जोको बिरुवा रोपे धेरै रोगका लागि औषधीको काम गर्ने, नियमित सेवनले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सकहरू बताउँछन् ।

नयाँ भेरियन्ट सहितको कोरोनाको सङ्क्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुण युक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ । कोरोना पोजेटिभ भएका मानिसले पनि गुर्जोका परिकार सेवन गर्न थालेपछि रिपोर्ट नेगेटिभ आएको अनुभव सुनाएका छन् ।

उक्त रोग प्रतिरोधात्मक क्षमता बढाउने जडीबुटी औषधि हाल सम्म पर्सा जिल्ला भित्रका विभिन्न स्थानमा होम आइसलेसनमा बसेका कोरोना संक्रमीत हरुलाइ घरमै पुगी हस्तान्तरण गर्दै आएको मनोज राउतले बताए। नि:शुल्क सेवा लिन गुर्जो, गिलाेयकाे चिया,काँढा तथा धुलो औषधी सङ्क्रमितले सम्पर्क गर्न साथै सुगर का बिरामी तथा सामान्य व्यक्तिहरू ले पनि सेवन गरी स्वास्थ्य लाभ लिनु हुनका लागी अ लखिया रोड एडभान्स हस्पिटल अगाडी वा ९८५५०२२४३०, ९८१५२०६४१२, ९८४५०२०००१ मा सम्पर्क गर्न सक्ने समाजसेवी राउतले अनुरोध गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्