विषाक्त घरेलु मदिरा सेवनबाट ८ जनाको मृत्यु



सर्लाही। सर्लाहीको पडरिया गाउँमा सञ्चालित भट्टी पसलमा मदिरा सेवन गरेका आठ जनाको मृत्यु भएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको ब्रह्म पुरी गाउँपालिका–५, पडरिया गाउँमा चार दिनमा तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो।

उनीहरू सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको जिल्ला अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवल किशोर झाले जानकारी दिए।

यद्यपि मृतकहरूको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब, काठमाडौँमा पठाउने तयारी गरिएको गरिएको उनले बताए। उनले बिरामीहरूसँग पनि घटनाबारे थप सोधखोज गरिने बताए।

मृत्यु हुनेहरूमा पडरिया गाउँका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिन कर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास रहनु भएको छ। यस्तै, भारतको उत्तर प्रदेशका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेश राम निषादको पनि मृत्यु भएको छ। मृतक तीनै जना भारतीय नागरिक चन्दन इँटा उद्योग पडरियाका मजदुर हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्