काठमाडौँ। लोकसेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दसैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ। आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भई नसकेको तथा कोरोना (कोभिड–१९) महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो।
कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित कार्य तालिकाअनुसार कसरी अगाडि बढ्ने भन्नेमा आयोगले आन्तरिक तयारी गरेको हो। आयोगमा पदाधिकारी नहुँदा र कोरोनाका कारण खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा बाधा पुगेको छ।
लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईँले आयोगका पदाधिकारी सिफारिस भए पनि नियुक्ति भई नसकेकोले आन्तरिक रूपमा मात्रै काम गरिएको बताए। उनले कोरोनाका कारण विज्ञापन भएका कतिपय पदको परीक्षा हुन बाँकी रहेको जानकारी दिए। उनले भने, “कोभिड–१९ का कारण रोकिएको परीक्षा अगाडि बढाउने योजना बनाएका छौँ। कोभिड सङ्क्रमण कम भएपछि उपयुक्त समयमा परीक्षा सञ्चालन सुरु गर्ने गरी तयारी गरेका छौँ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।