लुम्बिनी प्रदेश सरकारले बजेट ल्याउँदै : कुन क्षेत्रमा कति प्राथमिकता ?



बुटवल । लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदै छ । दिउँसो ३ बजे प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आर्थिक वर्ष २०७८७९ को वार्षिक बजेट प्रस्तुत गर्ने भएका छन् ।

यसअघि मुख्यमन्त्री शंकर पोखरेलले नै लगातार ३ पटक बजेट पेस गरेका थिए । प्रदेश आज चौथो पुर्ण बजेट १ महिना अघि भौतिक योजना मन्त्रालयबाट परिवर्तन भएर आर्थिक मामिला मन्त्री बनेका चौधरीले ३८ अर्बको हाराहारीमा बजेट आउने छन् ।

चालु आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड बराबरको बजेट ल्याएकोमा अहिले यो वर्ष २ अर्बको हाराहारीमा बजेटको आकार बृद्धि हुने अनुमान गरीएको आर्थिक मामिला मन्त्रालयका एक अधिकारीले बताए ।

संघीय सरकारको अनुदानमा केहि बृद्धि भएकाले पनि बजेटको आकार बृद्धि भएको उनको भनाई रहेको छ । प्रदेश सरकारले निति तथा कार्यक्रमा अनुसार नै कोरोना महामारी नियन्त्रणका लागि उपचार, स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याउने सरकारले जनाएको छ ।

मन्त्री चौधरीले सरकारले पुराना र गौरवका आयोजनालाई सक्ने गरि बजेटको व्यवस्था गरिएको तर, नयाँ ठूला आयोजना भने नथपिएको मन्त्री चौधरीले बताए ।

विगतदेखि नै कृषिलाई प्राथमिकतामा राखेको लुम्बिनीले यो पटक पनि प्राथमिकतामै राखेको हो । लुम्बिनीमा विपक्षी गठबन्धनले सरकारसँग बहुमत नभएको भन्दै निति तथा कार्यक्रम र बजेट ल्याउन नसक्ने बताएपनि प्रदेश सरकारले स्पष्ट बहुमत रहेको भन्दै निति तथा कार्यक्रम पनि पारित गरेको छ । भने आज बजेट पेस गर्ने छ । मन्त्री चौधरीले बजेट पनि ढुक्कले पारित हुने बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्