प्रदेश समाचार

गोरखामा बाढीले बगाउँदा एक जना बेपत्ता

By Thah Online

June 15, 2021

गोरखा, १ असार ।   गोरखाको कटुञ्जेमा खोलाले बगाउँदा बर्दियाका एक पुरुष बेपत्ता भएका छन् ।  आरुघाट गाउँपालिका-२ ढोडेनीस्थित ठेटनेरी खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बर्दिया घर भई हाल गोरखा बस्दै आएका ३८ वर्षीय गोविन्द चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ । 

तीन जना साथीसहित ट्रक मर्मत गर्न गएका चौधरीलाई बिहान साँढे सात बजे सो खोलामा आएको भेलले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । अहिले स्थानीयवासी, चौधरीका साथीहरू र प्रहरीको संयुक्त टोलीले खोजी कार्य गरिरहेको डिएसपी दाहालले बताए ।