प्रदेशमा सभामुख, उपसभामुख लगायतको निर्वाचन प्रक्रिया सुरु



सैघाली खबर
काठमाडौं,२३ माघ

सात ओटै प्रदेशसभाको पहिलो बैठक सम्पन्न भए सँगै सभामुख, उपसभामुख लगायतको निर्वाचन प्रक्रिया सुरु भएको छ । सातओटै प्रदेशसभाले सभामुख चयनको मिति तय गरिसकेका छन् । तर, सबै राजनीतिक दलले मुख्यमन्त्री र सभामुखका उम्मेदवार छान्न सकिरहेका छैनन् ।

संविधानको धारा १ सय ६८ को उपधारा ३ अनुसार प्रदेशसभा चुनावको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र मुख्यमन्त्री नियुक्त गर्नुपर्दछ । निर्वाचन आयोगले माघ ३ गते प्रदेशसभा चुनावको अन्तिम परिणाम घोषणा गरेकाले त्यहि व्यवस्था अनुसार फागुन ३ गतेभित्र सातै प्रदेशमा मुख्य मन्त्री नियुक्त गरि सक्नुपर्ने छ ।

तर, अहिलेसम्म सातओटा प्रदेश मध्ये दुईओटा प्रदेशको मात्र संसदीयदलको नेता छानिएका छन् । प्रदेश नम्बर–५ मा नेकपा एमालेले शंकर पोखरेललाई प्रदेश संसदीय दलको नेताचुनेको छ भने प्रदेश नम्बर–२ मा संघीय समाज वादी फोरम नेपालले लालबाबु राउतलाई प्रदेश संसदीय दलको नेता चयन गरेको छ ।

बाँकीदलहरुले भने संसदीय दलको नेता छान्नै मुस्किल परेको छ । एमाले नेता सुरेन्द्र पाण्डेले संसदिय दलको नेता छान्ने जिम्मा प्रदेश स्तरलाई दिएको जानकारी दिनुभयो । माघको अन्तिम सम्म मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुख लगायतका उम्मेदवार तय गरिसक्ने उहाँको दाबी छ ।

प्रदेश नम्बर–६ र ७ मा मुख्यमन्त्री पाएको माओवादी केन्द्रले पनि संसदीयदलको नेता छनोट गरेको छैन । माओवादीको ७ नम्बर प्रदेश कमिटीले डोटीका सांसद त्रिलोचन भट्टलाई प्रदेश–७ को मुख्यमन्त्रीका लागिसिफारिस गरेपछि माओवादी भित्र विवाद चर्किएको छ । नेपाली कांग्रेसले सात ओटै प्रदेशमा केन्द्रीय प्रतिनिधि पठाइसकेको छ ।

प्रदेशनम्बर–२ को संसदीय दलको नेताबन्न राजपा नेपालमा पनि विवादछ ।प्रदेश मुख्य मन्त्री बन्न नसक्ने भए पनि प्रदेशमा विपक्षी दलको नेताबन्ने अवसर पाइने भएकाले कांग्रेस भित्र पनि प्रदेश संसदीयदलको नेता बन्न हानथापचलेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्