आर्थिक

कतिमा काराेबार हुदैछ आज सुनचाँदी ?

By Thah Online

June 15, 2021

काठमाडौँ। नेपाली बजारमा मङ्गलवार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार छापावाला सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छ।

सोमवार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसै गरी, तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, मङ्गलवार चाँदीको मूल्य भने घटेको छ। सोमवार प्रतितोला १ हजार ३६५ मा कारोबार भएको चाँदी मङ्गलवार १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।