थापाले पत्नीलाई मन्त्री बनाएर आफूहरूसँग घा’त गरेको अन्य नेताहरूको आ’रोप



काठमाडौँ । माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका नेताहरूले पूर्व गृहमन्त्री रामबहादुर थापासँग असन्तुष्टि जनाएका छन् ।

थापाले आफ्नै पत्नी नैनकला थापालाई मन्त्री बनाएपछि पूर्वमाओवादी नेताहरूभित्र विवाद भएको हो । थापाले आफ्नी पत्नीलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रीमा नियुक्ति गराएपछि विवाद भएको छ ।

पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतका नेताहरूले रामबहादुर थापालाई नेता नमान्ने सहमति भएको स्रोतले जनाएको छ । थापाले आफ्नी पत्नीलाई मन्त्री बनाएपछि नेताहरूका बिच गडबडी भएको छ ।

पूर्वमाओवादी नेताहरूले एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसँग ५ वटा मन्त्रालय माग गरेका थिए । तर, पूर्वमाओवादी नेता थापाले एउटा मन्त्रालय मात्रै मागेर आफ्नी पत्नीलाई मन्त्री बनाएको आ’रोप छ ।

थापाले पत्नीलाई मन्त्री बनाएर आफूहरूसँग घा’त गरेको अन्य नेताहरूको आ’रोप छ । पूर्वमाओवादी नेताहरूले अब थापालाई आफूहरूको समूहको नेता नमान्ने सहमति गरेका छन् । उनीहरूले अब नयाँ नेता बनाएर पार्टीभित्र उपस्थिति जनाउने तयारी गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्