नारायणगढ–मुग्लिन सडकखण्डमा ठाउँठाउँमा खस्यो ढुङ्गा



चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको ठाउँ ठाउँमा ढुङ्गा र लेदो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकका विभिन्न ठाउँमा ढुङ्गा र लेदो खसेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार सडक खण्डको सात दोबाटो र घुमाउनेमा ठुलो ढुङ्गा खसेर सडक एकतर्फी सञ्चालनमा आएको छ । कालिखोला, जलवीरे, सत्र किलोलगायतका ठाउँमा ढुङ्गा र लेदो खसेको उहाँले जानकारी दिनुभयो ।

सडकमा खसेका ढुङ्गा पन्छाउनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको उहाँले बताउनुभयो । निरन्तरको वर्षाका कारण ढुङ्गा पन्छाउन कठिन भएको उहाँले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्