दाङमा निषेधाज्ञा फेरी एक साता थपियो, केही खुकुलो



घोराही ।  कोरोना सङ्क्रमणको जोखिम कम नभएपछि दाङमा थप एक सातासम्म निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको मङ्गलवार (आज) बसेको बैठकले जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै असार ८ गते सम्म जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडे्लले जानकारी दिए । कोरोना सङ्क्रमण र मृत्युको दर घट्दै गएको तर स्वास्थ्य सुरक्षा र लकडाउनेको पालना अझै पूर्णरुपले गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको उनले बताए ।

त्यस्तै बैठकले होटल र रेष्टुरेन्टलाई होम डेलिभरिका लागि खुला गर्ने निर्णय गरेको छ । खाद्यान्नका पसल अब देखी दैनिक बिहान ६ देखी १० बजे सम्म खुल्लारुपमा चल्नेछन् भने सैलुन,चिया पसल बाहेक अरू सबै पसलहरू खुल्ने प्रजिअ पौडेलले बताए । तर भौतिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षामा भने पसल धनी र उपभोक्ताले विशेष ध्यान दिनु पर्ने भनिएको छ ।

सरकारी कार्यालय १० बजे देखी १ बजेसम्म आंशिक रूपमा खोल्ने निर्णय गरेको छ । बैङ्क तथा वित्तीय संस्थालाई दिउँसो २ बजेसम्म खोल्ने निर्णय यथाबत राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी  पौडेलले जानकारी दिए । जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागी भनेर गएको वैशाख १७ गते देखी निषेधाज्ञा जारी गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्