सैघाली खबर
काठमाडौं,२३ माघ
निर्वाचन आयोगले समानुपातिक तर्फको मत परिणाम सार्वजनिक गर्ने सयम छोट्याएको छ । दलहरूले प्रतिनिधि सभाको समानुपातिक तर्फ विजयी हुनेको नाम पठाउन लाग्ने १० दिनको समयलाई आयोगले ५ दिनमा झारेको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक गर्ने सयम छोट्याए सँगै फागुन ७ गते सम्ममा नयाँ सरकार बन्ने सम्भावना बढेको छ।आयोगले र्निर्वाचन निर्देशिकामा उल्लेख बन्दसूचीबुझाउन दिने सातदिनको समयलाई आयोगले संशोधन गरेर तीन दिनमा झारेको हो।आयोगले दलहरूले बुझाउने सूची सच्याउन लाग्ने तीन दिनको समयलाई दुई दिन मा झारेको हो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।