निर्वाचन आयोगको एकपक्षीय निर्णय मान्य छैन : उपेन्द्र यादव



काठमाडौँ ।  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले आफ्नो पार्टीको विवादसम्बन्धी विषयमा एकपक्षीयरुपमा निर्णय गरेको आरोप लगाएका छन्।

उनले त्यस्तो पूर्वाग्रहपूर्ण निर्णय आफूहरुलाई मान्य नहुने बताएका छन्। यादवले आफूले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई गरेको कारबाहीलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय पूर्वाग्रहपूर्ण भएको बताएका हुन् ।

मङ्गलवार विज्ञप्ति प्रकाशित गर्दै यादवले निर्वाचन आयोगजस्तो संवैधानिक निकाय पूर्वाग्रही देखिएको बताएका छन्। विज्ञेप्तीमा भनिएको छ, निर्वाचन आयोगजस्तो संवैधानिक निकाय पूर्वाग्रहरहित भई निष्पक्ष र तटस्थ ढङ्गबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हितअनुरूप निर्वाचन आयोगले गरेको उक्त निर्णय मान्य हुन सक्दैन र यसले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामाथि नै गम्भीर शङ्का उत्पन्न भएको छ ।

१७ जेठको जसपा केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट महन्थ ठाकुर, राजेन्द्र महतोसहितका चार जना नेतालाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा बर्खास्त गर्ने निर्णय गरेको थियो । त्यसको प्रतिलिपिसहित जसपाले आयोगमा दिएको निवेदन ३० जेठमा आयोगले अस्वीकृत गरेको थियो ।

यादवको विज्ञप्ति हेर्नुहोस्:

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्