कलाकार घिमिरेको उपचारार्थ बैंक खाता सञ्चालन



काठमाडौँ । कलाकार निशा घिमिरेको उपचारका लागि बैङ्क खाता सञ्चालनमा ल्याइएको छ । दुई वर्ष अघि कलाकारिता अध्ययन गर्न भारतको देरादुन गएकी निशा सडक दु’र्घटनामा परि गम्भीर घा’इते भएकी थिइन् ।

परिवारको आर्थिक अवस्था कमजोर हुँदा उपचार सम्भव नभएपछि उनको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गइरहेको जनाइएको छ । तेइस वर्षीय निशाको अवस्थाबारे जानकारी पाएपछि नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले सामाजिक सञ्जालमा घिमिरेको तस्बिर सार्वजनिक गरेका थिए । तस्बिरमा निशाको अवस्था दर्दनाक पूर्ण देखेपछि सहयोग गर्नुपर्ने चौतर्फी आवाज उठ्यो । दाहालले राखेको तस्बिरमा नर्भिक अस्पतालका निर्देशक मेघा चौधरीको नजर पर्‍यो । चौधरीले निशालाई अस्पतालले ल्याई तत्काल निःशुल्क उपचार सुरुआत गरे ।

अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको अस्पतालले जनाएको छ । महाकाल -४ , ललितपुरका निशालाई अस्पतालको उपचार पछि पनि पालनपोषण, हेरचाह र निरन्तर उपचारको जरुरत पर्ने भएकाले आर्थिक सहयोग सङ्कलन थालिएको छ । कलाकारसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले अहिले सहयोग गरिरहेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निशाको परिवारलाई रु ५१ हजार सहयोग गरेको छ ।

उनलाई अहिले देश तथा विदेशसमेतबाट सहयोग जुटिरहेको छ । उपचारमा थप सहयोगका लागि नवजीवनका अध्यक्ष दाहाल, चलचित्र कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौला र निशाका बुवा प्रेमप्रसादका नाममा कृषि विकास बैङ्कमा खाता खोलिएको छ । ‘निशा घिमिरे संरक्षण कोष’को खाता नं ०२१०४०१८८३००९०१८ रहेको दाहालले जानकारी दिए । सोमबार सो खातामा रु एक लाख ९७ हजार ५५० जम्मा भएको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्